+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बैंक र इजीलिंक रेमिट्यान्सबीच सम्झौता

डबली खबर
७ साल अगाडी

काठमाडौँ / नेपाल बैंक लिमिटेड र इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स रकम भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र प्रताप शाह, मुख्य प्रबन्धक होमबहादुर खड्का र इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल, प्रबन्ध निर्देशक दिपेन्द्र खनालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

Logo of Easylink Remittance

“रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ विगत १९ बर्ष देखी देशमा रेमिट्यान्स भित्राउदै आएको सेवाप्रदायक कम्पनी रेमिट्यान्सको सम्झौतापछि जापान, कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न देशबाट इजीलिंक रेमिट्यान्स मार्फत आएको रकम नेपाल बैंकका देशभरी रहेका १४० शाखाहरुबाट भुक्तानी लिन सकिने इजीलिंक रेमिट्यान्सका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले बताउनुभयो । त्यस्तै, ५ हजार भन्दा बढी एजेन्ट, सब-एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रवन्ध निर्देशक खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ