२०८१, १४ बैशाख शुक्रबार

सर्वोच्चको आदेशपछि रिहा भएका ‘प्रकाण्ड’ फेरि अदालत परिसरबाटै पक्राउ, आजै भोजपुर लैजाने

    भाद्र १८ २०७५ ०९:२८

prakanda biplop maoist arrest nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / सर्वाेच्च अदालतको आदेशपछि बिप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई आज राती जिल्ला अदालत नुवाकोटले रिहा गरेको छ ।

रातको ८:१५ बजे अदालतबाट रिहा भएका प्रकाण्डलाई अदालत परिसरबाट प्रहरीले पुनःपक्राउ गरेको छ । आज राति नै प्रकाण्डलाई भोजपुर लगिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदालतबाट रिहा भइसकेपछि पत्रकारहरुसँग कुरा गर्दै प्रकाण्डले भन्नुभयो “सरकारले आफुलाई फसाउने षडयन्त्रले आफु विरुद्ध मुद्दा दायर गरेको हो।” त्यस्तै, “आफुले नगरेको कार्य प्रति सरकारले आरोप लगाउँदैछ । गरेको भए त मलाई अदालतले पनि त सफाइ दिँदैनथ्यो होला नी ।  प्रहरीले पनि मलाई पक्राउ गर्दैनथ्यो। प्रहरी मनले पनि मलाई पक्रन मान्दैनथ्यो । पक्राउको लागि सरकारले आदेश गरेको छ।”

सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न दिएको वन्दी प्रत्यक्षीकरण आदेशको पटक पटक उल्लंघन भएको ठहर गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले नुवाकोट प्रहरी हिरासतमा रहेका प्रकाण्डलाई जिल्ला न्यायाधीशको रोहबरमा छाड्न आदेश दिएको थियो । गत साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई विभिन्न अभियोग लगाएर थुनामा राखेको समयमा सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिटको आदेश दिँदै गैरकानूनी रुपमा थुनामा राखेको भन्दै रिहा गर्न आदेश दिए पनि चौथो पटक प्रहरीले पक्राउ गरेको हो।

अदालत चहलपहल

सुरक्षा चेकजाँचको लागि पहिले प्रहरीको गाडी प्रकाण्ड विना नै अदालत आएको थियो । त्यसको केहि समयपछि मात्र प्रकाण्डलाई अदालत ल्याएको थियो । अदालत परिसरबाटै पक्राउको लागि दुई प्रहरीलाई विशेष खटाईएको थियो । जिल्ला अदालतका न्यायाधिश ऋषिकेश वाग्लेको आदेश अनुसार शेस्तादर शिवप्रसाद वञ्जाडाले प्रहरीलाई पटकपटक परिसर बाहिर जान अनुरोध गरेको थियो ।

अदालत परिसरमा विप्लप माओवादीका कार्यकताहरुको दौडधुप, पूर्ण भिडियो रेकर्डिङ र फेसबुक लाईभ मजाले भएको थियो । न्यायधिशको कक्ष बाहिरबाटै नै भित्रको माहोल पनि फेसबुक लागि भएको थियो । अदालत परिसरबाटै प्रकाण्डलाई पक्राउ गरेको भन्दै सरकार विरुद्ध विप्लप माओवादी कार्यकताहरुले अदालत परिसरमै नाराबाजी गरेको थियो।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top