२०८०, १५ चैत्र बिहीबार

केरुङ राजमार्गमा जोखिमपूर्ण यात्रा (भिडियो)

    श्रावण २८ २०७५ ००:४५

old man walking in flood area nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/अविरल बर्षाको कारण गत हप्ता अघि विदुर नगरपालिका-१० स्थित तिरतिरे भिरमा आएको पहिरो स्काभेक्टर लगाएर पन्छाए तापनि सडक माथिबाट अझै पनि माटो, ढुंगा खस्ने समस्याका कारण नागरिकहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

पासाङल्हामु राजमार्ग अन्तर्गत पर्ने त्रिशूली–बेत्रावती सडकखण्डको तिरतिरे भीरमा निरन्तर पहिरो खस्ने गरेकोले सवारीसाधनहरु जोखिम मोलेर नै भएपनि सञ्चालन हुन बाध्य भएका छ। उक्त सडकखण्डमा दुईतर्फी रुपमा सञ्चालनमा आउन सकेको छैन ।

दैनिक रुपमा सयौँको संख्यामा सवारीसाधन र मानिसहरु आवतजावत गर्ने सडकमा पहिरो नियन्त्रणका लागि स्थायी कार्य नहुँदा त्रिदेशीय मार्गको रुपमा रहेको सडक पटकपटक अवरुद्ध हुँदै आइरहेको छ । अन्तराष्ट्रिय व्यापारीक नाका केरुंग राजमार्ग रसुवागढी जोड्ने सडक एकतर्फी मात्र सञ्चालन भएसँगै अत्यावश्यक साधन लगायत अन्य सवारीसाधनहरु घण्टौ जाममा फस्ने समस्या रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top