२०८१, १३ बैशाख बिहीबार

थ्रेडिङ गरेपछि नगरौं यी गल्ती

    श्रावण १४ २०७५ १६:५४

threading health tips nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

महिलाको निम्ति अनिवार्य जस्तै हो, थ्रेडिङ । थ्रेडिङ अर्थात शरीरका अनावश्यक रौं उखेल्ने काम । हात, पाखुरा लगायतका रौंदेखि आँखी भौं आसपासका रौं उखेल्न महिलाहरु महिनामा दुई पटकसम्म पार्लर धाउने गर्छन् । कतिले घरमै पनि थ्रेडिङ गर्छन् ।

तर थ्रेडिङपछि हुने दुखाई र खटिराबाट छुट्कारा पाउनका लागि आम युवतीहरुले केही गल्ति गर्छन् । यसबाट पछि उनीहरुले विभिन्न समस्या भोग्नुपर्ने हुन्छ ।

थ्रेडिङ गराएलगत्तै घाममा निस्किनु हुँदैन । घाममा निस्किँदा विभिन्न समस्या हुन सक्छ । जब हामी शरीरको कुनै हिस्साको रौं निकाल्छौं, त्यो स्थान पूर्णरुपमा संवेदनशील हुन्छ । त्यसैले तपाईं यो समस्याबाट बच्नका लागि घाममा निस्किनबाट जोगिनुपर्छ ।

प्राय महिलाहरुले गर्ने गल्ति यही हो । कुनै पार्टीमा जानुपर्ने छ भने हतार(हतार थ्रेडिङ गराएर तुरुन्त मेकअप गर्न थाल्छन् । यो विल्कुल गलत हो । यसले छालामा समस्या आउन सक्छ । त्यसैले थ्रेडिङ गराएको २४ घन्टापछि मात्रै मेकअप गर्नुपर्छ । अखबार दैनिक

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top