+
Search

ताजा अपडेट +

पपुलर +

यस्तो छ ‘मिस्टर भर्जिन’ को रमाईलो ट्रेलर (भिडियोसहित)

mr vergin nepali movie
डबली खबर
७ साल अगाडी

काठमाण्डौ / तीन युवाको यौन मनोविज्ञानलाई लिएर तयार गरेको नेपाली कथानक चलचित्र ‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

काठमाडौंको क्युज सिनेमामा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । यस अघि नै चलचित्रको टिजर र दुई गीत टुल्किु र पैसा फेक तमाशा देखु बोलको आइटम गीतले सफलता कमाई सकेको छ ।

चलचित्रमा गौरव पहाडी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विशारद बस्नेतको निर्देशन रहेको छ । युवाको यौन मनोविज्ञानमा आधारित पृथक बिषयमा चलचित्र निर्माण गरेको निर्देशक बस्नेतले बताउनुभयो । फरकधार र युवाको कथामा आधारित भएकोले दर्शकहरुले रुचाउनेमा निर्देशक बस्नेत ढुक्क रहेको बताउनुभयो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ