sujim bazar advert

“प्रभु टेलिभिजनले घरमै बसेर टिभी हेर्नुपर्ने बाध्यता हटाइदिएको छ” शंकर कालिकोटा

    साउन २, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

prabu television nepal
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

सरकारले एनालग प्रविधिबाट टेलिभिजन प्रसारण अनुमतिपत्रमा रोक लगाइसकेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटीयू)को व्यवस्था अनुसार देशका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा अनिवार्य डिजिटल प्रणालीमा टेलिभिजन प्रसारण कार्यान्वयन गराउन सरकार जुटेको छ । यसै सन्दर्भमा डिजिटल टेलिभिजन प्रसारणका विभिन्न प्रविधि नेपालमा भित्र्याउने क्रम चलिरहेको छ । केबल प्रणालीमा सेट अप बक्स जडान गरेर डिजिटल च्यानल प्रसारणदेखि डिस एण्टेना राखेर यस्तो सुविधा नेपालमा कम्पनीहरुले उपलब्ध गराएका छन् । बैङ्क वित्तदेखि पर्यटन क्षेत्रसम्म लगानी विस्तार गरिरहेको प्रभु समुहले पनि पछिल्लो समय प्रभु टेलिभिजनको नाममा नयाँ प्रविधिमार्फत डिजिटल टेलिभिजन च्यानल प्रसारणको सुविधा बजारमा ल्याएको छ । दोस्रो संस्करणको डिजिटल भिडियो ब्रोडकास्टिङ (डीभीबी २) प्रणाली नेपालमा ल्याएको प्रभु टेलिभिजनका महाप्रबन्धक शंकर कालिकोटासँग यस प्रविधिका बारेमा गरेको कुराकानीको सार :

प्रभु टिभी प्रयोग गर्दा एउटा बक्स मात्र बोके पुग्छ । आम मानिसको नयाँ प्रविधि प्रतिको झुकाव, छिटोछरितो, उच्च गुणस्तरको सुविधा र सस्तोका कारणले गर्दा पनि प्रभु टिभीप्रति चासो बढेको पाइएको छ ।

हालै मात्र प्रभु टेलिभिजनले नयाँ प्रविधिको डिजिटल च्यानल प्रसारण सुविधा सुरुवात गरेको छ । यो कस्तो प्रविधि हो ?

यो सुचना प्रविधिको युग हो । यस अघि हामीले परम्परागत रुपमा टेलिभिजन हेर्दै आएका थियौं । तर, प्रभु टिभीले विश्वभर नै सजिलो र भरपर्दो टेलिभिजन डिजिटल भिडियो ब्रोडकास्टिक २ (डीभीवी–२) संचालनमा ल्याएको छ । हामीले भित्र्याएको प्रविधि आधुनिक र एकदमै सजिलो छ ।

हामीले ओभर दी टप (ओटीटी) सेवासमेत संचालनमा ल्याएका छौं । यो सुविधा प्रयोग गरेर घरमा नभएको अवस्थामा कार्यस्थलमा वा बाहिर निस्किएको अवस्थामा पनि मोबाइल, ल्यापटप वा ट्याबमा ओटीटीसेवा मार्फत टिभी हेर्न सकिनेछ । यो प्रविधिसँगै टेलिभिजन हेर्न घरमै बस्नुपर्ने बाध्यता हटेको छ । प्रविधि नेपालमा प्रभु टिभीले पहिलो पटक भित्र्याएको हो ।

अर्को कुरा सबै स्थानमा इन्टरनेट नहुन पनि सक्छ । त्यस्तो अवस्थामा टिभी हेर्न मन लाग्छ भने ‘डंगोल’को पनि व्यवस्था गर्न लागेका छौं । जसको माध्यमबाट विना इन्टरनेट मोबाइल वा ल्यापटपमा टिभी हेर्न सकिनेछ ।

डंगोलबाट विना इण्टरनेट टिभी हेर्न मिल्ने भन्नाले ?

घरमा टिभी हेर्दा सेटअप बक्स राखेर हेर्न सकिन्छ । तर, मोबाइल वा ल्यापटपमा हेर्नको लागि डंगोल प्रविधि ल्याउन लागिएको हो । उक्त प्रविधिमार्फत विना इन्टरनेट मोबाइलको चार्ज गर्ने ठाउँमा डंगोल जोडिदिनुभयो भने जुनसुकै स्थानमा पनि सहज रुपमा टिभी हेर्न सकिनेछ । डंगोल ल्याउन अहिले दु्रत गतिमा काम भइरहेको छ । सकेसम्म दशैं भित्रमा यो सेवा पनि संचालनमा ल्याउेछौं ।

एक किसिमको प्रविधिमा टेलिभिजन हेरिरहेका नेपाली दर्शकले प्रभु टेलिभिजनको विना तार र ओटीटीमार्फत चल्ने टिभीमा कस्तो प्रतिक्रिया दिएका छन् ?

ग्राहकहरु आफै पुराना प्रविधिबाट नयाँ प्रविधिमा जान खोज्नुहुन्छ । ग्राहक स्वयमले नै पुरानो प्रविधिलाई प्रतिस्थापन गर्दै हुनुहुन्छ । प्रभु टिभीको गुणस्तर नेपालमा संचालनमा आएका अन्य टेलिभिजनको गुणस्तरसँग तुलना गर्न मिल्दैन भने यो टिभी हेरे बापत ग्राहकले तिर्नुपर्ने शुल्क पनि कम छ । उच्च गुणस्तर, सुलभ मूल्य र जडान गर्न एकदमै सजिलो भएका कारण पनि पछिल्लो समय ग्राहकले म ाग बढ्दो छ ।

देश स्मार्ट सिटीको अवधारणमा गएको छ । उपभोक्ताको नयाँ प्रविधिमा रुपान्तरण हुन चाहने इच्छा र राज्यको नीतिको कारणले पनि प्रभु टिभीलाई जनता समक्ष पुर्याउन सजिलो भएको छ । एकपटक प्रयोग गरेका उपभोक्ताले राम्रोे प्रतिक्रिया समेत दिनुभएको छ ।

अहिले अन्य टेलिभिजन प्रयोग गर्दा एक घरबाट अर्कोमा सर्नु परेमा तार वा एन्टेना बोन्नुपर्ने बाध्यता छ । तर, प्रभु टिभी प्रयोग गर्दा एउटा बक्स मात्र बोके पुग्छ । अर्को कुरा यो टिभीको सेटअप बक्स जडानका लागि पनि कुनै समस्या छैन एकदमै सहज छ । आम मानिसको नयाँ प्रविधि प्रतिको झुकाव, छिटोछरितो, उच्च गुणस्तरको सुविधा र सस्तोका कारणले गर्दा पनि प्रभु टिभीप्रति चासो बढेको पाइएको छ ।

ग्राहकले यो नयाँ प्रविधि प्रयोग गर्न चाहेमा कसरी लिन सक्छ र यो कति महङ्गो पर्न आउँछ ?

पहिला हामीले नेट टिभी भनेर चलाउँथ्यौं । तर त्यसमा एउटा आईएसपीको मात्र चल्थ्यो । खासमा नेट टिभीमा जुनसुकै सेवाप्रदायकको नेट लिएपनि चल्छ । यसको लागि हाम्रो सदस्यता लिएर सब्स्क्राइव गर्नुपर्ने हुन्छ । प्रभु टिभीको डिलर वा ग्राहक स्वम्यले मोबाइल वा ल्यापटपबाट सजिलै आफ्नो दर्ता गराउन सक्छन् ।

प्रभु टिभीको आफ्नै एप्स पनि छ । त्यो एप्सलाई मोबाइलमा डाउनलोड गरी इन्टरनेटको सिमित प्याकेज लिएर हेर्न सकिनेछ । प्रविधिको विकाससँगै हामीले नेपालमा पहिलो पटक ओटीटी सेवा संचालनमा ल्याएका छौं । यो प्रविधिमा तपाई जहाँ जानुहुन्छ, त्यहि टिभी पुग्नेछ ।

हाल सेवा दिइरहेका अन्य टेलिभिजन प्रसारण सेवाप्रदायक भन्दा यो मूल्य र सेवाको हिसाबले कसरी फरक छ ?

प्रभु टिभी जडान गर्न चाहने ग्राहकका हमीले आफ्नै डिलर राखेका छौं भने कल सेन्टर पनि छ । विभिन्न स्थानमा होर्डिङ बोर्ड पनि राखेका छौं । कुनै पनि ग्राहकले जुनसुकै माध्यमबाट पनि सहज रुपमा प्रभु टिभी जडान गर्न सक्नेछन् । अहिले सुरुवाती अवस्थामा केही समस्या पनि हुन सक्छ तर, अबको ३ महिनाभित्र सबैको घरघरमा प्रभु टिभी पुग्नेछ ।

अहिले डिलरमार्फत हामीले बजारमा सेटअपबक्सदेखि रिचार्ज कार्डहरु पठाईसकेका छौं । उपभोक्ताहरुले हाम्रो डिलरमार्फत रिचार्ज कार्ड किनेर चालउन सक्नुहुन्छ भने अनलाईन पेमेन्टको लागि हामीले केही दिनभित्रै ‘प्रभु पे’ संचालनमा ल्याउँदै छौ.। मोबाइलबाटै सहजै रिचार्ज गर्न सकिने सुविधा त्यसपछि उपलब्ध हुनेछ ।

हामीले एकदमै सामान्य शुल्कमा उपभोक्तालाई डिजिटल र एचडी च्यानल उपलब्ध गराएका छौं । हाम्रो ग्राहक बन्नका लागि एक हजार रुपैयाँ तिरे पुग्छ । उक्त मूल्यमा एन्टेना, सेटअप बक्स तथा अन्य ज्याक, तार उपलब्ध हुन्छ । अर्को कुरा हामीले ग्राहकलाई अन्य टेलिभिजन सेवाप्रदायकले जस्तो अनावश्यक च्यानल दिँदैनौं । अहिले नै हाम्रो ३० वटा एचडी च्यानल संचालनमा छन् भने एसडी च्यानल पनि उत्तिकै गुणस्तरीय छन् । जसको मासिक शुल्क तीन सय रुपैयाँ मात्र छ । उपभोक्ताले ४ हजार रुपैयाँ तिर्दा जडान शुल्क सहित एक बर्षको सेवा पाउनेछन् । यो शुल्कमा कुन सेवा प्रदायकले उपलब्ध गराउन सक्छ ।

तपाईहरुले ६० वटा च्यानल मात्रै उपलब्ध गराउनुभएको छ । अन्य सेवा प्रदायकले अहिले नै एक सयभन्दा बढी च्यानल उपलब्ध गराइरहेका छन् । यति थोरै च्यानल लिएर कसरी बजारमा प्रतिस्पर्धा गर्न सक्नुहुन्छ ?

हामीले मिसावट भएको घ्यु होइन शुद्ध नौनी बेचिरहेका छौं । अन्य सेवा प्रदायकले जस्तो जे पायो त्यहि च्यानल ग्राहकलाई दिइरहेका छैनौं । सबै नेपालीले सधैजसो हेर्ने र उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएका छौं । हामी ग्राहकलाई एचडी भनेर सामान्य गुणस्तर च्यानल दिन चाहदैनौं । हाम्रो बोली र काम गराईमा कुनै फरक पर्दैन ।

हामीले दिएको सेवा अन्य सेवा प्रदायकसँग तुलना गर्दा प्रभु टिभी उत्कृष्ट छ । यसको जज गर्ने जिम्मा ग्राहकहरुकै हो । अहिले कतिपय सेवा प्रदायकले सित्तैमा उपलब्ध १ सय देखि १५० सम्म च्यानल उपलब्ध गराउँदै आएका छन् । तर, ग्राहकलाई जथाभावी सेवा दिएर त भएन नि । अबका दिनमा प्रभु टिभीले यही गुणस्तरलाई कायम राख्दै अन्य च्यानल पनि थप्दै छौं । निकट भविष्यमा नै प्रभु टिभीबाट १ सयभन्दा बढि च्यानल प्रशारण हुनेछ ।

नेपालमा डिजिटल टिभी आएको धेरै भइसक्यो र त्यतिबेला आएका सेवा प्रदायकले एक तहमा बजार आफ्नो पक्षमा पारेका छन् । हालै आएको प्रभु टिभीको बजार चाहीं कुन हो ?

हामी नेपालीहरुको राम्रो बानी भनेको नयाँ प्रविधि र नयाँ कुरालाई तुरुन्तै आत्मसाथ गर्छौं । हामीले ल्याएको प्रविधि नेपाली उपभोक्ताले मनपराएर माया गर्नुहुन्छ भन्ने मेरो विश्वास छ । प्रभु टिभीले भर्खरै मात्र आफ्नो सेवा बजारमा ल्याएको हो । छोटो समयमा नै हामी प्रतिको उपभोक्ताहरुको झुकाव र फिडब्याक एकदमै राम्रो आइरहेको छ । अहिले ग्राहकहरुलाई प्रभु टिभी कहाँ पाईन्छ, कसरी जडान गर्ने भन्ने विषयमा धेरै कौतुहलता छ ।

यो अवस्थामा प्रभु टिभीको गुणस्तरलाई स्थापित गर्दै नेपाली उपभोक्ताको चाहना अनुसार प्रोडक्ट दिन सक्यौं भने बजारमा प्रतिस्पर्धांं गर्न कुनै समस्या छैन । अर्को कुरा नयाँ प्रविधि तथा एप्लिकेशनका लागि विदेशी ठूला कम्पनीसँग सहकार्य गर्दैछौं । जसबाट पनि हामीलाई नेपालमा नयाँ प्रविधि भित्र्याउन सहज हुनेछ ।

काठमाडौं बाहेक देशका अन्य ठाउँमा विस्तारको योजना के छ ?

यो प्रविधिमा टिभी संचालनमा ल्याउन विदेशबाट उच्च स्तरको महङ्गा सामग्रीहरु ल्याउनुपर्छ । हामीले संचार मन्त्रालयबाट देशभर नै टेलिभिजन प्रशारण गर्ने उद्देश्य सहित लाइसेन्स लिएका छौं । अहिले सोही अनुरुप विभिन्न स्थानमा टावर थप गर्ने काम भइरहेको छ ।
अहिले प्रभु टिभीको सुरुवात मात्रै हो । अबको केही समयभित्र प्रमुख सहरहरुमा पुग्नेछौं । यो अलि महङ्गो र नयाँ प्रविधि हो । नेपालको भौगोलिक जटिलताका कारण सबै स्थानमा विस्तार गर्न केही समय भने लाग्नेछ । तर, हाम्रो मुख्य लक्ष्य छोटो समयमा देशभरका जनतालाई उच्च गुणस्तरीय सेवा पुर्याउने नै हो । -बिजखबर

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top