२०८१, १३ बैशाख बिहीबार

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४ पत्रकार मल्ललाई

    असार २५ २०७५ ०७:१२

Building of Federation of Nepali Journalists
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ । ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललाई यहि असार २९ गते हुने कार्यक्रममा वितरण प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले रु. ५१ हजार राशीको पुरस्कार बुलबुले टुडे र शिक्षक मासिकमा कार्यरत पत्रकार मल्ललाई प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिने रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ को पनि निर्णय सार्वजनिक गरेको छ । प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत हुने पत्रकारहरू प्रदेश नम्बर १– निरोज कोइराला (रेडियो नेपाल/हिमालय टाइम्स–भोजपुर),  प्रदेश नम्बर २ – कृष्ण सिग्देल (राजधानी दैनिक/अनलाइनखवर– बारा),  प्रदेश नम्बर ३ – चमारसिंह लामा (सामुदायिक सूचना नेटवर्क– काभ्रेपलाञ्चोक), प्रदेश नम्बर ४ – पवन पौडेल (दमौली एफएम–तनहुँ), प्रदेश नम्बर ५ – पार्वती पाण्डे (बुद्धदर्पण दैनिक–कपिलवस्तु), कर्णाली प्रदेश– मेघराज खड्का (कारोबार दैनिक– रुकुम), प्रदेश नम्बर ७ – गोकर्ण दयाल (गोरखापत्र दैनिक– बैतडी) र उपत्यका प्रदेश– चन्द्र बानियाँ (रेडियो नेपाल– काठमाडौं) रहेका छन् ।

त्यस्तै बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने रु. १५ हजार राशीको ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ नामावली सार्वजिनक गरेको छ । ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ प्राप्त गर्ने पत्रकारहरू प्रदेश नम्बर १— रमेशचन्द्र अधिकारी (कान्तिपुर दैनिक–धनकुटा) र नारायणभक्त राई (ब्लाष्ट टाइम्स दैनिक –मोरङ),  प्रदेश नम्बर २– नगेन्द्रकुमार कर्ण(गोरखापत्र दैनिक–महोत्तरी) र दीपेन्द्रप्रसाद सिंह(जनकपुर टुडे–धनुषा), प्रदेश नम्बर ३ – मन्दिरा थापा (नेपाल टेलिभिजन–दोलखा) र मनोज थापा (अर्थ नेपाल डटकम–नुवाकोट), प्रदेश नम्बर ४– शान्ता कमली (नयाँपत्रिका–लमजुङ) र छविलाल तिवारी (नागरिक दैनिक–पर्वत), प्रदेश नम्बर ५–केशर रोका (अन्नपूर्ण दैनिक–प्यूठान) र तेजेन्द्र के. सी. (दैनिकपत्र दैनिक–रुपन्देही), कर्णाली प्रदेश – नरजन तामाङ (नयाँपत्रिका–हुम्ला) र गणेश विक (नागरिक दैनिक–रुकुम), प्रदेश नम्बर ७– गगन अएडी (नयाँपत्रिका दैनिक–बाजुरा) र जगदीश रोकाय (अन्नपूर्ण पोष्ट दैनिक–बझाङ), उपत्यका प्रदेश – संयुक्तरूपमा– नीता सापकोटा (नेपाल टेलिभिजन–काठमाडौं) र केशव भुल(सीआइएन–काठमाडौं) र रामु सापकोटा(हिमाल बवर पत्रिका–ललिलपुर) रहेका छन् ।

बैठकले उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ प्राप्त गर्ने एफएम रेडियाको नामावली पनि सार्वजनिक गरेको छ । रु. २० हजार राशीको यो पुरस्कार प्राप्त गर्ने एफएम रेडियोहरुमा प्रदेश नम्बर १— सामुदायिक रेडियो सोलु एफएम (सोलुखुम्बु), प्रदेश नम्बर २– रेडियो निजगढ (बारा), प्रदेश नम्बर ३ – रेडियो तिनलाल (रामेछाप), प्रदेश नम्बर ४– मनासुलु एफएम (गोरखा), प्रदेश नम्बर ५– रेडियो क्रिपालु (प्यूठान), कर्णाली प्रदेश– चंखेली एफएम रेडियो (कालिकोटा), प्रदेश नम्बर ७– सेती सामुदायिक एफएम (बझाङ) र उपत्यका प्रदेश – रेडियो राजधानी (काठमाडौं) रहेका छन्।

यसैगरी बैठकले राष्ट्रियस्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. २५ हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ पत्रपत्रिकातर्फ नागरिक दैनिक (काठमाडौं) लाई प्रदान गरिने भएको छ भने टेलिभिजनतर्फ इमेज टेलिभिजन (काठमाडौं) लाई प्रदान गरिएको छ । साथै, अनलाइनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एजुकेशन ज्यूज नेपाल डटकमलाई प्रदान गरिने भएको छ ।

महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top