काठमाडौँ । कलिउडका चर्चित नायिका आँचल शर्माद्वारा अभिनित “निवेदन” को नयाँ म्यूजिक भिडियो यूट्युबमा सार्वजनिक भएको छ ।
नायिका शर्माद्वारा अभिनित म्यूजिक भिडियो सबै सफल भएका छन् । मोडलिङ क्षेत्रबाट प्रवेश गरेकी नायिका शर्मा अहिले नेपाली चलचित्र क्षेत्र र मोडलिङ दुवैमा चर्चित छन् ।
गीतमा गुणराज श्रेष्ठको स्वर रहेको छ भने बि. पाण्डेका शब्दमा सुवास भुषालले संगीत दिएका छन् ।
विकास सुवेदीको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा आँचलको साथमा गुणराज र राजेशको अभिनय रहेको छ । त्यस्तै, भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी, अनिल के. मानन्धरको छायांकन, उदयराज पौडेलको एरेन्ज र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
प्रतिक्रिया