२०८१, ८ बैशाख शनिबार

बाबुरामले पढाए उपसचिवलाई विकास र समृद्धिको पाठ (पाठसहित)

    असार १९ २०७५ १७:०२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले संघीय संसद सचिवालयका उपसचिवलाई विकास र समृद्धिको विषयमा प्रशिक्षण दिएका छन्। मंगलबार  बाबुरामले न्याय सेवा तालिम केन्द्रमा नेपालको विकास र समृद्धिको विषयमा उपसचिवलाई प्रशिक्षण दिएका हुन्।

बाबुरामले ‘नेपालको विकास र समृद्धिको मार्गचित्र’ शीर्षकमा कार्यपत्र तयार पारेर उपसचिवलाई प्रशिक्षण दिएका हुन्। उनले मुलतः १० बुँदामा आफ्नो प्रस्तुति अटाएका छन्। विकास र समृद्धिको अवधारणाबाट प्रशिक्षण सुरु गरेका बाबुरामले समृद्ध नेपाल हाम्रै पालामा सम्भव भएको कुरालाई जोड दिँदै प्रशिक्षणको अन्त्य गरेका छन् ।

के पढाए त ?

बाबुरामले १० शीर्षकमा नेपालको समृद्धि कसरी भन्ने विषयमा प्रशिक्षण दिएका हुन्। नेपालको अल्प विकासका कारक तत्व, विकासको मोडेल, नेपाल अर्थतन्त्रको विद्यमान समस्या, समृद्धिको मापक र लक्ष्य, राजनीतिक सुधार, आर्थिक नीतिगत र संस्थागत सुधार, क्षेत्रगत विकास नीतिको दिशा, संघीयताको सफल कार्यान्वयन र समावेसी विकासजस्ता शीर्षकमा प्रशिक्षण दिएका हुन्। बाबुरामको जोड आर्थिक समृद्धिमा देखिन्छ।

अन्नपूर्ण

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top