२०८१, ७ बैशाख शुक्रबार

भान्टाकाे चामत्कारिक गुण

    असार १३ २०७५ १२:४५

Begun Health
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

भान्टा हाम्रो भान्सामा पाकिरहने तरकारी हो । कतिपयलाई यो त्यति मन पर्दैन पनि । तर, यसका फाइदा भने अनेक छन् । यसलाई सन्तुलित आहारका रूपमा लिइन्छ । यी हुन् भान्टाका फाइदा :

० भान्टामा न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले शरीरको तौललाई सन्तुलित राख्ने काम गर्छ ।

० यसमा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले शरीरको पाचनप्रक्रियालाई मात्र व्यवस्थित गर्दैन कि कोलेस्ट्रोल र चिनीको मात्रा पनि घटाउँछ ।

० भान्टाको प्रयोगले कब्जियतको जोखिमलाई पनि कम गर्छ । भान्टामा केही मात्रामा कार्बोहाइड्रेट र बोसोको मात्रा पनि हुन्छ ।

० भान्टामा एन्थोसाइनिन, प्रोभोनाइटजस्ता अवयव हुने भएकाले तरकारीमा पनि विशेष रङ उत्पन्न गर्छ ।

० भान्टाको नियमित सेवनले मधुमेह, मुटुरोग, शरीरमा बोसो लाग्नेजस्ता स्वास्थ्य समस्याको जोखिमसमेत न्यूनीकरण गर्छ । यसमा पाइने भिटामीन बि–६, सी, पोटासियम, वनस्पतिजन्य पोषक तत्वले मुटुजन्य स्वास्थ्य समस्यालाई कम गर्छ ।

० यसमा फ्याभोनाइड पनि अत्यधिक मात्रामा पाइन्छ । जसले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्ट उत्पादन गर्छ ।

० एन्थोसाएनिन, फ्योभोसाइडजस्ता तत्व पाइने भएकाले शरीरका रक्तनलीलाई तन्दुरुस्त राख्ने काम पनि गर्छ ।

० भान्टा सेवनले ब्याड कोलेस्ट्रोललाई नियन्त्रण गर्ने भएकाले रक्तचापलाई पनि सन्तुलनमा राख्छ ।

० भान्टामा पाइने पोटासियमले शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन कायम राख्न सहयोगी भूमिका खेल्छ । जसले शरीरमा सोडियमको असरलाई निष्क्रिय बनाई रक्तचाप नियन्त्रण गर्छ ।

यस्ता भिटामिन

भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्याङ्गानिज सेलेनियम इत्यादि । -नयाँपत्रिका

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top