२०८०, १० आश्विन बुधबार
social securities awareness bidur municipality

सञ्चारकर्मीका लागि विपद् व्यवस्थापन प्रशिक्षण

    असार १ २०७५ १२:३३

pratik book and stationery center in nuwakot

वल्थली, कार्भे/प्राकृतिक विपद्को हिसाबले नेपाल उच्च जोखिममा रहे पनि त्यसबाट बच्न पूर्वतयारी र विपद्पछिको प्रतिकार्यमा निकै कमजोर रहेको विज्ञहरुको धारणा छ ।

गृह मन्त्रालय र एशियाली विपद् तयारी केन्द्र (एडिपिसी) द्वारा सञ्चारकर्मीहरुका लागि यहाँ आयोजित विपद् जोखिम व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षणका अवसरमा विकास प्रयास र विपद् जोखिम न्यूनीकरणबीच सन्तुलन कायम गर्नुपर्नेमा उहाँहरुको जोड रहेको छ ।

कार्यशालामा गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले सबैखालका विपद्हरुका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको संघ, प्रदेश र स्थानीय निकायको भूमिका किटानी भएकाले यसका पूर्ण कर्मचारीबाट विपद्पूर्व र विपद्पछिको कार्यमा निकै सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ऐनमा उल्लेख भएबमोजिम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण छिट्टै गठन गरिने तथा ऐनअनुसार नियमावली पनि ल्याउन लागिएको जानकारी दिनुभयो ।

एडिपिसीका कार्यक्रम प्रबन्धक मनबहादुर थापाले विपद् जोखिम न्यूनीकरणमा विकासको मूल प्रवाहीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै दिगो विकास लक्ष्य हासिल गर्न विपद् व्यवस्थापनमा ध्यान दिनुपर्ने, विकास र विपद्बीच सन्तुलन कायम गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले विपद्लाई विकाससँग मूल पर्वाहीकरण गर्न राष्ट्रिय भवनसंहिता लागू, जिल्ला विपद् व्यवस्थापन योजना तर्जुमा, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन लागू, आवधिक योजनामा विशेष व्यवस्था हुनाका साथै विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरी प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो ।

गृहमन्त्रालयका उपसचिव उमेशकुमार ढकालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विद्यमान कानून तथा संरचनात्मक व्यवस्थाका बारेमा प्रकाश पार्नुभयो ।

तालीमको सहजीकरण गर्दै एडिपिसीका सञ्चार प्रबन्धक विद्या रानाले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेकाले उनीहरुको क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन गरिएको प्रशिक्षणमा विभिन्न सञ्चारमाध्यमका ३० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो । (रासस)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top