२०८१, १४ बैशाख शुक्रबार

नुवाकोट र केरुङ जाने तीन वटै सडक १ घण्टाभन्दा बढि अवरुद्ध भएका ठेकारदारलाई कारबाही

    जेष्ठ ३१ २०७५ १९:३८

infrastructure nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बर्षातको समयमा तराई हूँदै नुवाकोट र केरुङ जाने तीन वटै सडक १ घण्टाभन्दा बढि अवरुद्ध भएका ठेकारदारलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

ठेकेदारको लापरबाहीले काठमाडौंबाट नुवाकोट हुँदै केरुङ नाका जाने अवरुद्ध भएपछि गुनासो गर्न पुगेका नुवाकोटको जनप्रतिनिधिलाई भेट गर्दै उनले सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् । ‘मैले उक्त सडकलाई चौविसै घण्टा संचालनमा राख्नका लागि अहिले नै सम्बद्ध निकायलाई निर्देशन दिनेछु,’ जनप्रतिनिधिसँगको भेटमा उनले भने, ‘यदि बर्षातको समयमा बाढी पहिरोको कारण देखाउँदै १ घण्टाभन्दा बढि अबरुद्ध गरेका मलाई भन्नुस तत्काल कारबाही गर्नेछु ।’

राजधानीबाट नुवाकोट जिल्ला प्रवेशको तीनवटै प्रमुख मार्ग नाजुक अवस्थामा रहेको र जनता जोखिमयुक्त र अनिश्चित यात्रा गर्न बाध्य भएकाले तत्काललाई कुनै एक नियमित संचालन मार्फत अस्थायी व्यवस्था गर्न आग्रह गरिएको नेता राजेन्द्रप्रकाश लोहनीले बताउनुभयो।

infrastructure province 3

हाल भारत हुँदै चीन तथा काठमाडौंबाट नुवाकोट हुँदै केरुङ नाका जाने तीनवटा सडक छन् । तर, तीनवटै सडक निर्माणधिन अवस्थामा छन् । ठेकेदारले समयमै काम नसेकका कारण अहिले तीन वटै सडक अवरुद्ध भएको छ ।

टोखा–केरुङ, गल्कछी–त्रिशूली र पासाङल्हामु मार्गअन्तर्गत बालाजु–त्रिशूलीका सडक तीन चार वर्षदेखि खनेर छाडिएको र वर्षामा हिलाम्य भई सवारी साधन र मानिसहरुलाई आवतजावत गर्न गाह्रो भएको छ ।

भेटमा मन्त्री महासेठले टोखा–छहरे मार्गमा सुुरुङ निर्माण गर्न प्राथमिकता दिई चालू आर्थिक बर्षदेखि नै केन्द्रले पूरा गरी सम्बन्धित प्रदेशलाई हस्तान्तरण गरिने समेत उनले जानकारी दिए ।

प्रतिनिधिमण्डलमा पूर्वसांसद गोविन्द नेपाली, नेकपाका नेता अच्युत पाण्डे, विष्णु लोहनी, केपी लामिछाने, पुरण आचार्य, राप्रपाका नेता भरत पाठक, अधिवक्ता कुमार अधिकारी, ध्रुव पाण्डेलगायतका सहभागी थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top