sujim bazar advert

काँग्रेसले राखेका योजना बजेटमा कटौती भयो: डा महत

    जेष्ठ २५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Ramsharan Mahat
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट/नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले सरकारका अर्थमन्त्रीले भनेजस्तो देशको अर्थतन्त्र खराब नभएको बताउनुभएको छ ।

आज खरानीटारमा नेपाली काँग्रेस तादी गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा डा. महतले सरकारले अर्थतन्त्र खराब भएको देखाएर नागरिकमा नकारात्मक सन्देश दिएको आरोप लगाउनुभयो ।

“सरकारले स्वेतपत्र जारी गर्दा ढुकुटी रित्तै देखाउने, पछि सरकारको नीति तथा कार्यक्रममा भने त्यसको विपरीत आएको छ”, डा महतले भन्नुभयो, “अर्थतन्त्र खराब देखाउने प्रयासले राम्रो सन्देश दिँदैन ।”

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा. महतले कम्युनिस्टको सरकार भए पनि अहिलेको बजेट हेर्दा कम्युनिस्ट सरकार पनि काँग्रेसकै बाटोमा हिँडेको देखाएको बताउनुभयो । डा. महतले नेपाली काँग्रेसले प्राथमिकतामा राखेका योजना कटौती गरेर बजेट आएको भन्दै त्यसले विकासको निरन्तरतामा असर गर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले अहिलेदेखि नै आगामी निर्वाचनको तयारी गरेर कार्यकर्ता सक्रिय हुनुपर्छ भन्नुभयो ।

नेपाली काँग्रेस तादी गाउँपालिकाका अध्यक्ष तथा तादी गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल काँग्रेसका जिल्ला सभापति जगदीश्वर नरसिंह केसी, नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्य, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, प्रमोदहरि गुरागाईंले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top