sujim bazar advert

प्रदेश नं ३ः पेट्रोलबाट चल्ने सवारी साधन निषेध गरिने

    जेष्ठ २४, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

nepal province no 3
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

हेटौँडा/प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५/०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ ।

बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ, सन्तबहादुर प्रजा, बिजुला बर्मा, विजया केसी र रीता माझीले छुट्टाछुट्टै राखेको संशोधन प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्यले उठाउनुभएको जिज्ञासा र प्रश्नको जवाफ दिँदै प्रदेश नं ३ मा निजी क्षेत्र र सरकारको साझेदारीमा करीब १०० मेगावाट विद्युत् उत्पादन गर्ने रणनीतिका साथ सरकारले लगानीको वातावरण तयार गरी कार्यान्वयन गर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले रसुवाको हिमाली क्षेत्र लाङ्टाङलगायत पर्यटकीय क्षेत्रको विकास र रेडपाण्डाको अनुसन्धान, सम्बद्र्धन गर्ने एवं वातावरणमा स्वच्छता ल्याउने कार्यमा योगदान गर्नुभएका डा प्रल्हाद योञ्जनलाई सम्मान गर्न स्याफ्रुबँेसीदेखि लाङ्टाङ उपत्यकाको क्याङजिङ पदयात्रा मार्गलाई डा प्रह्लाद योञ्जन रेड पाण्डा पदयात्रा मार्ग नामकरण गरिएको जानकारी दिनुभयो ।

यसैगरी उहाँले प्रदेश नं ३ मा उत्पादनमूलक रोजगारी दिलाउन सरकारले सहकारीबाट सञ्चालन हँुदै आएको आर्थिक गतिविधिलाई अब घरेलु उद्योग तथा मझौला उद्योग स्थापना र विस्तारमा पनि जोडी लागु गर्ने नीति रहेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री पौडेलले आगामी २०८५ साल वैशाख १ गतेसम्म काठमाडौँं उपत्यकालगायत चितवन, मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रसुवा क्षेत्रमा हल्का सवारी साधनको चाप बढ्दै जाँदा पैदल यात्रुलाई आगमनमा कठिनाइ हुनाका साथै वातावरण प्रदूषित हुने भएकाले ती क्षेत्रमा पेट्रोलबाट चल्ने हल्का एवं हेभी सवारी साधनलाई निषेध गर्ने र विद्युतीय सवारी साधानलाई उच्च प्राथमिकताका साथ सञ्चालनमा ल्याउने सरकारको प्रमुख योजना रहेको बताउनुभयो । प्रदेशसभाको अर्को बैठक यही जेठ ३० गते अपराह्न २ बजे बस्नेछ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top