२०८१, १४ बैशाख शुक्रबार

असारसम्म स्थानीय तहमा सबै कर्मचारी खटिसक्ने

    जेष्ठ १४ २०७५ १०:४७

Nepal Government
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ / सरकारले असार मसान्तसम्ममा स्थानीय तहमा दरबन्दी अनुसारको सबै कर्मचारी खटाउने भएको छ ।

अहिले करिब ४० हजार मात्र कर्मचारी रहेको स्थानीय तहमा असारसम्ममा बाँकी १७ हजार कर्मचारी खटाइसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी सोको आधारमा मन्त्रिपरिषद्को बैठकले करिव ५७ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो । यसअघि खटाइएका कर्मचारी पनि स्थानीय तहमा नगएकाले तिनलाई पनि खटाइने उहाँले बताउनुभयो ।

स्थानीय तहमा कर्मचारी अपुग भएकाले सेवाग्राहीको काम प्रभावित भएको छ । स्थानीय तहमा आवश्यक कर्मचारीका लागि विभिन्न मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा पठाउनका लागि निर्देशन दिइसकेको छ । अधिकारीका अनुसार ती मन्त्रालयबाट करिब आठ हजार कर्मचारी स्थानीय तहका लागि खटाउनका लागि माग गरिएको छ ।

“हामीले माग गरेअनुसारको कर्मचारी विभिन्न मन्त्रालयबाट आउने क्रम जारी छ”–उहाँले भन्नुभयो, “आएका कर्मचारीलाई हामीले क्रमश पठाउँदै पनि छौँ ।” संघीयता कार्यन्वयनसँगै करिब एक लाख १७ हजार कर्मचारीमध्ये अहिले एक लाख छ हजार कर्मचारी केन्द्रमा, ३० हजार प्रदेशमा तथा स्थानीय तहमा ५७ हजार कर्मचारी रहेका छन् । (रासस)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top