sujim bazar advert

कृष्ण सेन मदन स्मृति क्रियाशील पत्रकारिता आचार्यलाई

    जेष्ठ १३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

krishna sen journalist
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

म्याग्दी/प्रेस सेन्टर नेपाल, म्याग्दीद्वारा स्थापित कृष्ण सेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार ठाकुरप्रसाद आचार्यलाई प्रदान गरिएको छ ।

सोहौँ कृष्ण सेन स्मृति दिवसका अवसरमा आज प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई रु पाँच हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

एक दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील र नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष आचार्य ‘गोरखापत्र’ दैनिक र ‘नवविकल्प’ साप्ताहिकमा आबद्ध हुनुहुन्छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेल, पूर्वसांसद गोविन्द पौडेल, नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, महासंघका शाखा अध्यक्ष तारानाथ शर्मा र सेन्टरका अध्यक्ष कमल खत्रीले आचार्यलाई पुरस्कृत गर्नुभएको थियो ।

विसं २०७२ मा चलचित्र ‘भीमदत्त’को विशेष प्रदर्शनी गरेर स्थापना भएको रु पचहत्तर हजार राशिको कोषमा प्रदेशसभा सदस्य विनोद केसीले जनयुद्धमा दिवंगत दाजु मदनका स्मृतिमा हालै रु २५ हजार थप सहयोग गर्नुभएको थियो । अक्षयकोषको ब्याजबाट प्रत्येक दुई वर्षमा म्याग्दीमा क्रियाशील एक पत्रकारलाई पुरस्कृत गरिने प्रेस सेन्टर म्याग्दीका उपाध्यक्ष पदम विश्वकर्माले बताउनुभयो ।

कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष पौडेलले पत्रकारिता क्षेत्रलाई विश्वसनीय र मर्यादित बनाउन महासंघको प्रदेश कमिटीले आवश्यक तयारी गरिरहेको बताउनुभयो । नेकपाका नेता तथा पूर्वसांसद पौडेल, नेता श्रेष्ठ र नेपाली काँग्रेस म्याग्दीका सचिव मीनबहादुर कार्कीले गाउँतहसम्म पत्रकारिताको पहुँच स्थापित गरी समाज रुपान्तरण, विकास र समृद्धिको अभियान सफल बनाउन रचनात्मक सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, महासंघका प्रदेश सदस्य तथा पुरस्कार छनोट समितिका संयोजक सन्तोष गौतम, नेपाल प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्याललगायतले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा शहीद मदन केसीका बुवा खिमबहादुरले शहीद परिवारको भावना समेटिएको कविता प्रस्तुत गर्नुभएको थियो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top