२०८०, २० मंसिर बुधबार
social securities awareness bidur municipality

नुवाकोटका बेलकोटगढी, सुर्यगढी र ककनी दिसामुक्त हुन बाकीँ

    जेष्ठ ११ २०७५ १२:३२

Open Defecation Free (ODF)
pratik book and stationery center in nuwakot

विदुर/नुवाकोटको तीन स्थानिय तह अझै खुल्ला दिसामुक्त हुन सकेको छैन । बेलकोटगढी नगरपालिका, सुर्यगढी गाउँपालिका र ककनी गाउँपालिका खुल्ला दिसामुक्त हुन नसकेपछि नुवाकोटलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम स्तगित भएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय नुवाकोटले दिएको जानकारी अनुसार एक नगरपालिका र दुई गाउँपालिकामा शौचालय बन्न नसक्दा पुरै जिल्ला खुल्ला दिसामुक्त हुन सकेन ।

ककनीको ओखरपौवाको बलामी गाउँमा अपेक्षाकृत रुपमा शौचालय नबन्दा समस्या भएको कार्यलकी सहजकर्ता भवानी सापकोटाले बताइन् । नुवाकोटमा रहेका १२ स्थानिय तहमध्ये ९ वटा स्थानियतह खुल्ला दिसामुक्त भैसकेको छ । उहाँले दिएको जानाकारी अनुसार वेलकोटगढी नगरपालिका पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन औपचारिक रुपमा मात्रै बाँकि रहेकोे छ ।

त्यस्तै सुर्यगढी गाउँपाकिाले पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणाको तयारी तिव्र पारेको छ । सुर्यगढीलाई खुल्ला दिसामुक्त क्षेत्र बनाउन गाउँपालिकाले तिव्र रुपमा काम गरिरहेको गाउँपालिकाको अध्यक्षले बताउनुभएको छ ।

ककनीको बलामी गाउँमा पनि १० दिनभित्र शौचालय निर्माण भइसक्ने भन्दै गाउँपालिकाल जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नमा ककनी बाधा नबन्ने बताएको छ ।

यस अघि नुवाकोटलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अनौपचारिक मिति जेठ ८ गते तय भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top