२०८०, १६ चैत्र शुक्रबार

मोदी गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सिफारिश

    जेष्ठ १० २०७५ ११:४२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

पोखरा/ प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराउँदै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मोदी गाउँपालिका वडा नं २ स्थित साविक देउपुर गाविसको कार्यालयमा रहेको केन्द्रलाई देउपुरकै पातीचौरमा सार्ने गरी दुईतिहाई गाउँपालिका सदस्यबाट प्रमाणित भएर आएकोमा त्यसलाई केन्द्रमा सिफारिश गरी पठाउने निर्णय गरेको बताउनुभयो ।

त्यस्तै, बैठकले प्रादेशिक दुग्ध विकास बोर्ड गठन विधेयक प्रदेशसभामा पठाउने निर्णय गरेको बताउँदै उहाँले यसले दुग्ध क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बस्नेतका अनुसार बैठकले आर्थिक कार्यविधि ऐन, २०७४ का विभिन्न चारवटा बुँदामा संशोधन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा सरकारले ल्याउने आगामी बजेट, आसन्न गणतन्त्र दिवसलगायत विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top