sujim bazar advert

सुन तस्करीका मुख्य अभियुक्त गोरे सार्वजनिक

    जेष्ठ ८, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Gore Gold Crime Taskari
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौँ/साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ ।

नेपाल सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित विशेष अनुसन्धान टोलीले गोरेलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको हो ।

साढे ३३ किलो सुनका मुख्य अभियुक्त गोरे फरार भएपछि नेपाल र छिमेकी मुलुक भारतमा गरिएको अनुसन्धानबाट उनी काठमाडौँ आएको सूचनाका आधारमा आज बिहान ५ः३४ मा काठमाडौँ महानगरपालिका– ८ गौरीघाटबाट पक्राउ गरिएको संयोजक पौडेलले जानकारी दिनुभयो ।

यसअघि भारतबाट पक्राउ गरिएको भनिए पनि अनुसन्धान टोलीले गौरीघाटबाट पक्राउ गरिएको जानकारी दिएको छ ।

यस प्रकरणमा विसं २०७५ वैशाख १९ गते मोरङ जिल्ला अदालतमा ६५ जनाको नाममा मुद्दा दर्ता गरिएकामा ३२ जनालाई अदालतमा उपस्थिति गराइसकिएको र अरु ३३ जना अहिलेसम्म पनि फरार रहेको पौडेलले बताउनुभयो । “गोरेलाई चाँडोभन्दा चाँडो मोरङ जिल्ला अदालतमा उपस्थित गराइने छ” – उहाँले भन्नुभयो ।

संयोजक पौडेलले घटना जेरीजस्तै जेलिएकाले गम्भीर रुपमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “यी अभियुक्तबाहेक अन्य विषयमा पनि सूचना प्राप्त भएको छ, हामी चाँडै नै अरु अभियुक्तलाई पनि सार्वजनिक गछौँ” – उहाँले भन्नुभयो ।

अनुसन्धानका लागि गठित टोलीलाई ४५ दिनको म्याद दिइए पनि टोलीले अनुसन्धान पूरा गरी नसकेकाले सरकारले टोलीको म्याद जेठ मसान्तसम्मका लागि थप गरेको छ ।

संयोजक पौडेलले सुन काण्डका मुख्य अभियुक्त गोरे समातिएकाले गोरेसँगको बयानबाट थप अनुुसन्धान गरिने बताउनुभयो ।

के हो सुन काण्ड ?

माघ अन्तिम साता युएइबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायव भयो । सुन तस्करीमा संलग्न मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासँगै त्यो सुन हराएको पुष्टि भयो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको भन्दै छानबिनका क्रममा पूर्व प्रहरी नायब महानिरीक्षक गोविन्द निरौला, प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल पक्राउ परिसकेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्री अझै फरार छन् । सुन काण्डका अभियुक्तमाथि जिल्ला अदालत मोरङमा बहस भइरहेको छ । (रासस)

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top