२०८०, १६ चैत्र शुक्रबार

बसाइँसराइ रोक्ने व्यवस्था आवश्यक: नेता विजुक्छे

    जेष्ठ ८ २०७५ ११:११

Narayanman Bijukchhe
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

भक्तपुर/ नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइलाई रोक्ने व्यवस्था अत्यावश्यक रहेको बताउनुभएको छ ।

सोमबार भक्तपुर नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधिहरुको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै विजुक्छेले जथाभावी हुने बसाइँ सराइले समस्यानै समस्या निम्त्याएको बताउनुभयो ।

विजुक्छेले भन्नुभयो– “अव्यवस्थित रुपमा एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँसराइलाई रोक्न नसक्दा सहर अव्यवस्थित भएको छ, बसाइँसराइकै कारण फोहर प्रदूषण बढ्नुका साथै अपराधसमेत बढ्दै गएको छ ।” बसाइँसराइको उचित व्यवस्थापन हुन नसक्दा राज्यको करोडाँै बजेट खर्च भएको बताउँदै उहाँले वाग्मती सफाइ अभियान यसको उदाहरण भएको औँल्याउनुभयो ।

केही देशमा एउटा जिल्लाबाट अन्य जिल्लामा बसाइँसराइ जाने नीति नभएकाले त्यस्तै नीति नेपालमा समेत अवलम्बन गर्नुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष विजुक्छेले प्रहरी र प्रशासनको सहयोगमा स्थानीय तहले कोठा भाडामा बस्नेको तथ्यांक संकलन गर्नुपर्ने बताउनुभयो । व्यवस्थित ढल निकास नभएसम्म शहर सुन्दर नहुने भन्दै विजुक्छेले त्यसका लागि व्यवस्थित शहरीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार एक वर्षभित्रमा विकास निर्माणको कार्य गरेको बताउनुभयो । नगर प्रमुखले शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निकास सडकको गुणस्तरमा विकास गरी आगामी पाँचवर्षमा समृद्ध शहर बनाउने बताउनुभयो । (रासस)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top