२०८०, १६ चैत्र शुक्रबार

नेपाली सेनामा रोजगारीको अवसर, विभिन्न पदमा २३११ कर्मचारी माग

    जेष्ठ १ २०७५ १७:३८

Nepal Army
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । नेपाली सेनाले २ हजार ३ सय ११ जन कर्मचारी माग गरेको छ । सेनाले विभिन्न पदमा गरी उक्त कर्मचारी माग गरेको हो ।

विशेषगरी प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमल्दार, सैन्य ड्राइभर, सैन्य, सैन्य वाद्यबादन र फलोअर्स गरी उक्त कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा १८ बर्ष पुरा भई २५ बर्ष सम्मका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । सेनाले प्रकाशित गरेको सुचना अनुसार सैन्यकालागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्छ । यसैगरी अमल्दारकालागि १८ वर्ष पूरा भई २५ वर्षसम्मको हुनुपर्नेछ । यस्तै प्राविधिक पदका लागि सम्बन्धति क्षेत्रको ज्ञान हासिल गरेको हुनुपर्ने छ ।

नेपाली सेनाले सबैभन्दा बढि कर्मचारी सैन्य पदका लागि माग गरेको छ । उसले जिल्ला र क्षेत्रगत रुपमा २ हजार १ सय जना सैन्य माग गरेको हो । यस्तै दोस्रो बढि प्राविधिक सुवेदारमा ४७ जना माग गरेको छ । उक्त पदहरुमा जेठ १ गतेदेखि ३० गतेसम्म दरखास्त दिइसक्नुपर्ने छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top