sujim advert

अनाथ बालबालिकालाई खर्च समस्या

    ७ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Government Community School
bidur tax consultancy services in nuwakot

काठमाडौँ/बूढानीलकण्ठ नगरपालिका–५ डाँडागाउँमा सञ्चालित अनाथ तथा असहाय बाल सुधार समाजमा रहेका बालबालिकालाई विद्यालय पोशाक र अध्ययन खर्चको समस्या परेको छ ।

विसं २०५९ मा काठमाडौँको डल्लुबाट एक बालकबाट शुरु भएको समाजमा अहिले टुहुरा १३ बालिका र २४ बालक छन् । तीमध्ये १३ बालबालिकाले बालविकास समाज बूढानीलकण्ठमा निःशुल्क अध्ययन गरेको र बाँकी २४ जनालाई पञ्चकन्या माविमा पैसा तिरेर पठनपाठन गराउँदै आएको समाजका सञ्चालक रमेशदेव सुनारले जानकारी दिनुभयो । “अनाथ बालबालिकालाई पैसा तिरेर पढाउनुपर्दा समस्या परेको छ”, उहाँले भन्नुभयो ।

सुनारले आफू सानै उमेरमा अनाथ भएका कारण अनाथ बालबालिकाप्रति केही गर्नुपर्ने मान्यताका साथ १५ वर्ष पहिले समाज स्थापना गर्नुभएको थियो । समाजमा नुवाकोट, धादिङ, रसुवा, कास्की, सिन्धुपाल्चोक, कालीकोट, बाजुरा, मुगु, सुर्खेतलगायत १४ जिल्लाका अनाथ बालबालिका छन् ।

अनाथ बालबालिकालाई दुई छाक खाना खुवाउनका लागि काठमाडौँ भ्याली विद्यालय चक्रपथले प्रतिमहिना १२ बोरा चामल र चार बोरा दाल उपलब्ध गराएको र तरकारीका लागि समाजसेवी कल्पना थापाले सहयोग गरेको सञ्चालक सुनार बताउनुहुन्छ । “सरकारले भने समाजका अनाथ तथा असहाय बालबालिकाका लागि केही सहयोग गरेको छैन,”, उहाँले भन्नुभयो ।  (रासस)

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top