२०७८, २ असार बुधबार

प्रदेश प्रमुख कोइरालाद्वारा अधिवेशन आह्वान

    बैशाख २४ २०७५ २०:२०


Anuradha Koirala
bidur tax

हेटौँडा/प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइरालाले नेपालको संविधान, २०७२ को १८३ धाराको उपदफा १ बमोजिम प्रदेशसभाको अधिवेशन आगामी जेठ १ गते मंगलबार दिउँसो १ बजे हेटौँडामा बैठक बस्ने गरी आह्वान गर्नुभएको छ ।

सो वर्षे अधिवेशनमा आर्थिक वर्ष २०७५/७६ का लागि अनुमानित बजेट प्रस्तुत हुनाका साथै केही सार्वजनिक हितका विधेयकहरु पनि पेश हुने र बजेटको विनियोजित छलफल कार्यक्रम सकिएपछि बजेट पारित हुने लक्ष्य राखिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

उक्त अधिवेशनको समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आवश्यक प्रेस पास एक हप्ताभित्र उपलब्ध गराउन सचिवालयले तयारी गरीरहेको उहाँले बताउनुभयो ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19


Top