sujim bazar advert

पत्रकार महासंघ प्रदेश २ मा चौहान नेतृत्वको प्यानल विजयी

    बैशाख २३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Building of Federation of Nepali Journalists
Big Education Consultancy Nuwakot

महेन्द्रनगर, धनुषा/नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा दीपेन्द्र चौहान नेतृत्वको प्यानल नै विजयी भएको छ ।

नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनमा निर्माण गरिएको चौहान नेतृत्वको प्यानल शनिबार सम्पन्न भएको प्रदेश निर्वाचनमा विजयी भएको हो ।

अध्यक्ष पदमा चौहानले ३४४ मत ल्याउनुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी मधेशवादी संगठनका वीरेन्द्र रमणले २४७ र अर्का उम्मेदवार विजय कुशवाहाले ११७ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्षमा केसी लामिछाने ४६४, महिला उपाध्यक्षमा रिंकु मिश्र गायत्रीले ४११, महासचिवमा किरण कर्णले ४१९, खुला सचिवमा गुरुप्रसाद गौतमले ४२९, समावेशी सचिवमा रामनारायण विश्वासले ४३०, कोषाध्यक्षमा प्रवीण साह ४०१ मतका साथ विजयी हुनुभयो ।
खुला सदस्यहरुमा भोजराज भट्टराई, धिरेन्द्र राय , अजितकुमार सिंह , शैलेन्द्र झा , राजनकुमार सिंह , आदिवासी जनजाति सदस्यमा जीतलाल श्रेष्ठ र जगत राई र मधेशी सदस्यमा अजयकुमार साह र वैद्यनाथ चौधरी विजयी हुनुभयो ।

यसअघि महिला सदस्यतर्फ विम्मी शर्मा, चन्दाकुमारी साह, ललिता साह, दलित सदस्यतर्फ सिकेन्द्र पासवान र अल्पसंख्यक सदस्यतर्फ हदिश खुद्दार निर्विरोध निर्वाचित भइसकेका छन् ।

महासंघमा कूल ८४५ मतदाता रहेको प्रदेश २ मा ७२५ मत खसेको थियो । (रासस)

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top