sujim advert

गैसस महासंघ कर्णाली प्रदेश अध्यक्षमा शाही निर्वाचित

    ७ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

सुर्खेत/गैरसरकारी संस्था महासंघ नेपालको कर्णाली प्रदेश अध्यक्षमा जाजरकोट निवासी खिमबहादुर शाही निर्वाचित हुनुभएको छ ।

शाहीको अध्यक्षतामा नौ सदस्यीय प्रदेश समिति गठन भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरन्द्रनगरमा शनिबार सम्पन्न प्रदेश अधिवेशनले शाहीलाई सर्वसम्मत निर्वाचित गरेको हो । महासंघको उपाध्यक्षमा जुम्लाका दुर्गाप्रसाद पाण्डे, सचिवमा सुर्खेतका हरिप्रसाद अधिकारी, सहसचिवमा सुर्खेतकै महेश जिसी र कोषाध्यक्षमा दैलेखका सुनिता चन्द सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

Homeत्यसैगरी, प्रदेश कार्य समिति सदस्यहरुमा मुगुका सुरेश शाही, हुम्लाका विष्णु रावल, कालीकोटका मुनकला भण्डारी र डोल्पाका लक्ष्मीचन्द्र सार्की चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष शाहीले जानकारी दिनुभयो । प्रथम प्रदेश अधिवेशनमा कर्णाली प्रदेशका १० वटा जिल्लाका गैरसरकारी संस्था महासंघका जिल्ला शाखाको अध्यक्ष लगायतका पदाधिकारी तथा सदस्य संस्थाहरुको सहभागिता रहेको थियो । (रासस)

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top