sujim advert

चौतारीमा कारवाहीको चेतावनी

    बैशाख २२, २०७५

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

Building of Federation of Nepali Journalists
bidur tax consultancy services in nuwakot

काठमाडौँ/ नेपाल पत्रकार महासंघको आज हुने प्रदेश निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध संगठनका केही पदाधिकारीले अन्य संगठनसँग वार्ता गरी विज्ञप्ति सार्वजनिक गरेको भन्दै प्रेस चौतारी नेपालले कारवाहीको चेतावनी दिएको छ ।

नेतृत्वको अनुमतिविना कुनै पनि संगठनसँग वार्ता, छलफल, माइन्युट र विज्ञप्ति सार्वजनिक गर्न नपाइने वैधानिक व्यवस्थाविपरीत संगठनका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद नेपाल, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव राजेश राई, उपमहासचिव रामकुमार एलनलगायत पदाधिकारीको सहभागितामा अराजनीतिक र विधानविपरीतका कार्य भएको भन्दै चौतारीका अध्यक्ष गणेश बस्नेतले विज्ञप्तिमार्फत कारवाहीको चेतावनी दिनुभएको हो ।

महासंघको निर्वाचनमा प्रदेश नं ७ का अध्यक्षमा चौतारीका हरिप्रसाद जोशीलाई उम्मेदवार बनाउन अध्यक्ष बस्नेतले निर्देशन दिएकामा केही पदाधिकारीले अर्जुन शाहलाई उम्मेदवार बनाइएको भनी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि केन्द्रीय सचिवालयको आकस्मिक र उपलब्ध सदस्यको शुक्रबार साँझ बसेको बैठकले अनुशासन कायम गर्न कारवाहीसमेत गर्नुपर्ने चेतावनी दिएको हो ।

चौतारीका महासचिव राई र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सो प्रदेशका अध्यक्षमा शाह उम्मेदवारी रहेको विज्ञप्ति सार्वजनिक गर्नुभएको थियो । बैठकले शाहलाई उम्मेदवारी फिर्ता लिन र नदिएमा संगठनबाट निष्काशन गर्ने चेतावनी दिएको छ ।

प्रदेश नं ७ मा प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टर नेपालका अध्यक्षले पत्रकार जोशीलाई अध्यक्षमा साझा उम्मेदवार बनाउने समझदारी गरी सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिइसकेका छन् । महासंघको प्रदेश निर्वाचनमा अधिकांश स्थानमा निर्विरोध भइसकेको छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top