sujim bazar advert

रेडक्रस सहयोगको पुनःनिर्माण अन्तिम चरणमा

    बैशाख २१, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Logo of Nepal Redcross Society
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट/भूकम्पपछिको अवस्था सामान्य बनाउन तथा क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न नुवाकोटमा नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा भइरहेको भूकम्प प्रतिकार्य कार्यक्रम प्रभावकारी बनेको छ ।

पुनःनिर्माणअन्तर्गत रेडक्रस जिल्ला शाखाले साविकका आठ गाविस काहुले, भाल्चे, मनकामना, हल्देकालिका, लच्याङ, उर्लेनी, सूर्यमती र चतुरालेमा जीविकोपार्जन, खानेपानी तथा सरसफाइ एवं स्वच्छता प्रवद्र्धन, स्वास्थ्य क्षेत्रमा क्षमता अभिवृद्धिलगायतका सहयोग कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला सभापति सुरतबहादुर चित्रकारले जानकारी दिनुभयो ।

“भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत काहुले र भाल्चेका पीडितलाई आवास निर्माणमा सहयोग पु-याइरहेका छौँ ।” चित्रकारले भन्नुभयो “विपद्बाट संकटापन्न अवस्थामा रहेका बासिन्दाको जीवन सामान्य बनाउन सीप प्रवद्र्धन तालीमदेखि नगद अनुदानसमेत प्रदान गर्दै आएका छौँ ।”

रेडक्रस नुवाकोटले पुनःनिर्माणको जिम्मेवारी पाएको काहुले र भाल्चेमा पुनःनिर्माणको प्रगति जिल्लाको अन्य स्थानको भन्दा अग्रस्थानमा रहेको सरकारी तथ्यांक छ ।

काहुलेमा ९९६ लाभग्राहीमा ९१५ घरधुरीले आवास निर्माणमा गरिरहेका छन् । भाल्चेमा एक हजार नौ लाभग्राहीमा ९७१ परिवारले भूकम्प प्रतिरोधी आवास पुनःनिर्माण गरिरहेको रेडक्रसका भूकम्प प्रतिकार्य कार्यक्रमका जिल्ला संयोजक शारदा खतिवडाले जानकारी दिनुभयो ।

जिल्लाभरको पुनःनिर्माणमा दोस्रो किस्ता रकम पाउने प्रतिशत ७८ रहेकोमा रेडक्रसमार्फत निर्माण भइरहेको काहुले र भाल्चेमा ९२ प्रतिशतभन्दा बढी पुगेको छ । जिल्लामा ६९ हजार २८९ लाभग्राहीमध्ये हालसम्म घरको जगसम्म निर्माण सम्पन्न गरी दोस्रो किस्ता अनुदान सिफारिस हुने संख्या ५० हजार ८९ घरधुरी छन् । काहुले र भाल्चेका दुई हजार पाँच परिवारमध्ये एक हजार ६८६ परिवारले जगतह पूरा गरी दोस्रो किस्ताको अनुदान पाएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

विपद्मा परेका बासिन्दालाई सहयोग पु-याउने उद्देश्यले क्रियाशील रेडक्रसले भूकम्पपछिको संकटापन्न अवस्था सामान्य बनाउन नेपाल सरकारले दिएको जिम्मेवारी सफलरुपमा कार्यान्वयनमा ल्याएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो ।

“रेडक्रसमार्फत सञ्चालित कार्यक्रमको निरन्तर अनुगमन गरिरहेका छाँै ।” तामाङले भन्नुभयो “पुनःनिर्माणको प्रगति उत्कृष्ट छ, तर बनिरहेका घरको आकार सानो भएकाले लाभग्राहीलाई जनचेतनामार्फत परिवार संख्याअनुसार निर्माण गराउनमा जोड दिनु आवश्यक छ ।”

रेडक्रसमार्फत सञ्चालित कार्यक्रमले प्रत्येक घरमा दक्ष डकर्मी उत्पादन, निर्माण भएका आवास विपद् प्रतिरोधी, समाजमा हराउँदै गएको पर्म (आलोपालो प्रथा) विधिलगायतका कार्यलाई नमूनाका रुपमा लिइएको छ । (रासस)

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top