sujim advert

चीनलाई उपहार दिइने गैँडा नियन्त्रणमा

    बैशाख २१, २०७५

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

Nepal to send two pairs of rhinos to China as gifts
bidur tax consultancy services in nuwakot

चितवन/चीन सरकारलाई उपहार दिन लागिएका दुई जोडी गैँडा नियन्त्रणको काम सम्पन्न भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रबाट दुई पोथी गैँडा तथा गैँडा देवीतालबाट एक भाले नियन्त्रणमा लिइएको छ । बाढीले बगाएपछि उद्धार गरी सौराहामा राखिएको एउटा भाले गैँडा पनि उपहार दिइने भएपछि तीन गैँडा नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो ।

उहाँका अनुसार आज सुखिभारबाट करीब दुई वर्षको पोथी गैँडा नियन्त्रणमा लिइएसँगै चीन पठाउने गैँडा नियन्त्रण कार्य सम्पन्न भएको छ । ती गैँडालाई सौराहामा बनाइएको पिट बुमामा राखिएको छ । बाढीले बगाएपछि उद्धार गरिएको गैँडा प्रकृति संरक्षण कोषमा रहेको उहाँले बताउनुभयो । पठाउन लागिएका गैँडा दुई वर्ष हाराहारीका रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो ।

बच्चा गैँडा आमासँगै रहने भएकाले नियन्त्रण गर्न निकै कठिन भएको प्रमुख ढकालले बताउनुभयो । गैँडाको बच्चा तीन चार वर्षसम्म आमासँगै रहन्छ । सानो हुने हुँदा घाँसले ढाक्ने र वरिपरि मानिस र हात्ती पुगेलगत्तै भाग्ने हुँदा लिङ्ग पहिचान गर्न कठिन भएकाले पनि नियन्त्रणमा लिन लामो समय लागेको ढकालले बताउनुभयो ।

वैशाख ७ गतेदेखि निकुञ्जको प्राविधिक टोलीले गैँडाको वासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो । शुक्रबारदेखि नियन्त्रणमा लिने प्रयास गरिएको हो । गैँडा नियन्त्रण र आनीबानीलगायत कुरा बुझ्न चिनियाँ प्रतिनिधि सँगै छन् । केही दिन पिट बुमामा राखेर गैँडाले खाना खान सहज भएपछि खुल्ला बुमामा छाडिनेछ । करीब तीन महिना बुमामा राखेपछि गैँडा चीन पठाइनेछ ।

विसं २०७३ असारमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गर्नुभएको थियो । नेपाली विज्ञ टोली गैँडा चीन लगेपछि राख्ने ठाउँको अध्ययनसमेत गरेर फर्केको थियो । यसअघि पनि नेपालले विभिन्न देशलाई गैँडा उपहार दिँदै आएको छ ।  (रासस)

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top