+
Search

ताजा अपडेट +

पपुलर +

प्रेस स्वतन्त्रता सबैको साझा विषय: मुख्यमन्त्री भट्ट

Building of Federation of Nepali Journalists
डबली खबर
८ साल अगाडी

कैलाली/प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रेस स्वतन्त्रता सबैको साझा विषय रहेको बताउनुभएको छ ।

विश्व प्रेस स्वतन्त्र दिवसका अवसरमा नेपाल पत्रकार महासंघ कैलालीले आज यहाँ आयोजना गरेको नेपालमा ‘प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रमा लगानीको रक्षा र सञ्चारकर्मीको भौतिक सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्छ ।”

पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले वर्तमान समयमा पत्रकारिता क्षेत्रमा देखिएका विकृतिको अन्त्यका लागि सबैले हातेमालो गरी अघि बढ्नुपर्नेमा जोड दिदैं त्यसका लागि पत्रकार महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो ।  (रासस)

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ