२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

नुवाकोटका ७८ प्रतिशत लाभग्राही पुनःनिर्माणमा व्यस्त

    बैशाख २० २०७५ ००:२२

earthquake-pidit
pratik book and stationery center in nuwakot

नुवाकोट/विनाशकारी भूकम्प गएको तीनवर्ष पूरा हँुदा क्षति पुगेका आवास पुनःनिर्माणले नुवाकोटमा बल्ल गति लिन शुरु गरेको छ ।

निर्माण सामग्री र दक्ष जनशक्ति अभाव तथा आवास निर्माण बापत् पाउने अनुदान रकमको वितरण प्रक्रिया प्रभावकारी नहुँदा सुस्त रहेको पुनःनिर्माणले पछिल्लो समय केही गति लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

जिल्लाका ६९ हजार २८९ लाभग्राहीमध्ये हालसम्म घरको जग तहसम्म निर्माण सम्पन्न गरी दोस्रो किस्ताको अनुदान सिफारिश हुनेको संख्या ५० हजार ८९ घरधुरी छन् । आवास निर्माणको जग तह पूरा गरी दोस्रो किस्ताको लागि रु एक लाख ५० हजार पाउन निवेदन दिनेको संख्या ५१ हजार भन्दा बढी भएकाले तोकिएको मापदण्ड पूरा गरेका लाभग्राहीलाई अनुदान उपलब्ध गराउन सिफारिश गरिएको इकाइ प्रमुख विदुर खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार आवास निर्माण गरी दोस्रो किस्ताको अनुदान रकम लिने कूल लाभग्राही ७८ प्रतिशत रहेका छन् ।

“तोकिएको मापदण्डअनुसार आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ताको रकम पाउने लाभग्राहीको संख्या निकै कम रहेको छ,” खड्काले भन्नुभयो – “घर सम्पन्न गरी तेस्रो किस्ता पाउनेको संख्या सात हजार ५०० सय छ ।

शौचालयसमेतको आवास निर्माण गरी तेस्रो किस्ता बापत् रु एक लाख अनुदान पाउने लाभग्राहीको संख्या कूल लाभग्राहीमध्ये ११ प्रतिशत मात्र छ ।

आवास निर्माण गर्ने लाभग्राहीको संख्या धेरै भएपनि निर्माण सम्पन्न भएको घरको प्रविधिज्ञमार्फत स्वीकृत नहुँदा तेस्रोे किस्ताको अनुदान पाउने लाभग्राही कम देखिएको इकाइका इञ्जिनियर उरुषा शाक्यले जानकारी दिनुभयो ।

सात बस्तीमा घर सम्पन्न शून्य

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला समन्वय समितिको सचिवालयको तथ्याङ्क अनुसार साविकका सात गाविसहरु शिखरवेशी, सामरी, समुन्द्रादेवी, लिखु, हल्देकालिका, दुईपिपल र घ्याङफेदीमा आवास निर्माण सम्पन्न हुने घरधुरी शून्य छ ।

प्रभावितले आवास निर्माण सम्पन्न गरेपनि घर परीक्षण गर्ने प्रविधिज्ञको अभाव, दोस्रो किस्ता वितरणको समयसीमा असार मसान्तसम्म तोकिएकाले त्यसतर्फ बढी केन्द्रित भइरहेकाले तेस्रो किस्ता सिफारिश गर्न समय दिन नसकेको शिखरबेसीमा खटिएका इञ्जिनियर आशिष अधिकारीले बताउनुभयो ।

“आवास निर्माण गर्ने घरधुरी संख्या शिखरवेशीमा तीनसय भन्दा बढी रहेको अनुमान छ,” अधिकारीले भन्नुभयो – “चार जना प्रविधिज्ञको दरबन्दी हुनुपर्नेमा असिस्टेन्ट सब–इञ्जिनियर र आफूमात्र रहेकाले तेस्रो किस्ताको सिफारिश जेठ महिना लागेपछि मात्र शुरु गर्ने योजना छ ।”

चौध हजार बढीले अनुदान रकम पाएनन्भूकम्पले आवास गुमाएका लाभग्राहीमध्ये १४ हजार ५४६ ले निर्माण गरेको भवन तोकिएको मापदण्डअनुसार नभएको भन्दै अनुदान उपलब्ध गराउन रोक लगाइएको छ । मापदण्ड पूरा नभएका घरको प्रवलीकरण गरी बलियो बनाएर विपद् प्रतिरोधी बनाउन इञ्जिनियर परिचालन गर्ने तयारी गरिरहेको इकाइका इञ्जिनियर शाक्यले बताउनुभयो । उहाँको अनुसार त्यसका लागि अर्को सातादेखि स्थलगत खटिएका प्रविधिज्ञलाई तालीम दिने तयारी गरिएको छ । मापदण्ड पूरा नभएका अधिकांश आवास भूकम्प पछि बनाइएको तर, आवास निर्माणमा सहयोग पु¥याउन प्रविधिज्ञ परिचालन हुनुपूर्व बनेका घर बढी छन् ।

अनुदान लिएका तेह्र हजारले घर बनाएनन्

लाभग्राही सूचीमा रहेका सबैलाई घर बनाउन शुरु नै नगरी पहिलोे किस्ता रकम उपलब्ध गराउने सरकारी नीतिले नुवाकोटका १३ हजारले घर नबनाई अटेर गरेका छन् ।

यहाँ रहेका ६९ हजार २८९ लाभग्राहीमध्ये ६४ हजार ५३ परिवारले पहिलो किस्ता बापत् रु ५० हजार अनुदान रकम लिएका छन् । पहिलो किस्ता बापत् अनुदान लिएकामध्ये ५१ हजार ९६० ले मात्र घर बनाउन शुरु गरेको सरकारी तथ्याङ्क छ ।

“अनुदान लिएका करिब १३ हजार परिवारले अझै घर बनाउन शुरु नै गरेका छैनन्,” इकाइ प्रमुख खड्काले भन्नुभयो – “घर नबनाउनेमा कमजोर आर्थिक अवस्था, विस्थापित भएका र केही फर्जी लाभग्राही समेत छन् ।” -रासस

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top