sujim advert

त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

    बैशाख १४, २०७५

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

धादिङ, दार्खा/धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ ।

काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

अनियन्त्रित भई ग्यास बुलेट सडकबाट ३५ मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । (रासस)

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top