sujim advert

बर्दघाट नगरपालिकाको २१ वटा कानून तर्जुमा

    बैशाख १३, २०७५

advertisement placement
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

Image may contain: 4 people, people smiling, people sitting

नवलपरासी/स्थानीय सरकार सञ्चालनका लागि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विभिन्न २१ वटा कानून तर्जुमा गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेर ती कानून तर्जुमा गरेको हो । तर्जुमा भएका कानूनमा १२ वटा विभिन्न नियमावली, कार्यविधि र निर्देशिका छन् भने नौ वटा ऐन छन् ।

राजपत्रका प्रकाशित ऐनमा आर्थिक ऐन, योजन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित ऐन, सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन गर्ने ऐनलगायतका छन् ।

त्यसैगरी नगरपालिकाले बनाएको नियमावली, कार्यविधि र निर्देशिकामा कार्य सम्पादन नियमावली, कार्य विभाजन नियमावली, कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण नियमावली सुत्केरी पोषण कार्यक्रम सञ्चालन निर्देशिका, शिक्षा नियमावलीलगायतका छन् ।

ती सबै ऐन राजपत्रमा प्रकाशित भइसकेकाले अब कानूनका रुपमा कार्यान्वयनमा आएको बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । नगर प्रमुख शर्माले आवश्यकताअनुसार कानून परिमार्जन हुनसक्ने बताउनुभयो ।

आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा बनाएका ऐन, नियम, निर्देशिका, कार्यविधि र मापदण्ड प्रदेश सरकार र संघीय सरकारलाई पठाउनु पर्ने व्यवस्थाअनुसार यसअगावै नगरपालिकाले तर्जुमा गरेका कानून प्रदेश र संघीय सरकारमा पठाइसकिएको नगरपालिकाले जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top