sujim bazar advert

तार्केश्वर महोत्सवको आयोजना

    बैशाख १०, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

first tarkeshwor mahotsav 2075 nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट / ‘एक घर एक व्यापार, तार्केश्वर समृद्धिको आधार’ मूल नारासहित ‘प्रथम तार्केश्वर महोत्सव’ हुने भएको छ ।

तार्केश्वर गाउँपालिकाको सहयोगमा छारमेन्दो युवा सेवा समाज र नुवाकोट पर्यटकीय पूर्वाधार विकास संस्थाको संयुक्त आयोजनामा यही वैशाख १७ देखि १९ गतेसम्म तार्केश्वर गाउँपालिका–१ दाङसिङको फलाँटेमा महोत्सव आयोजना गरिएको हो ।

गाउँपालिकामा रहेका मौलिक संस्कृति, धार्मिक परम्परा, सांस्कृतिक सम्पदा, पर्यटकीयस्थलको अवलोकन, कृषि उब्जनी, तामाङ वेशभूषालगायतको प्रचारप्रसार गरी यहाँको सम्भावना उजागर गर्न महोत्सव गर्न लागिएको आज विदुरमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष रमेश वस्तीले जानकारी दिनुभयो ।

महोत्सवमा तार्केश्वरभित्र पर्ने दाङसिङको छाङा झरना, फिर्केपकोट, जन्तरेकोगढीडाँडा, बुधसिङडाँडा, विभिन्न स्थानमा रहेका आधादर्जन गुफा, काफलपानी भञ्ज्याङ र लाङटाङ हिमालको प्रत्यक्ष अवलोकन गराउने व्यवस्था मिलाउन लागिएको छ ।

महोत्सवमा ५० वटा स्टल रहने र ५० हजारभन्दा बढी दर्शक भित्रने अपेक्षा राखिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष सोमबहादुर तामाङले बताउनुभयो । तीन दिनसम्म चल्ने महोत्सवमा रु ५० लाखको कारोबार गर्ने लक्ष्य राखिएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top