sujim bazar advert

फोटो जर्नालिष्ट क्लव नुवाकोट शाखाको तदर्थ समिति गठन

    बैशाख १०, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Photo Journalist Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर / विभिन्न सञ्चार माध्यामहरुमा कार्यरत फोटो पत्रकारहरु नुवाकोटमा संगठित भएका छन् । जिल्लाका फोटो पत्रकारहरुको भेलाले फोटो जर्ना्लिष्ट क्लव नुवाकोट शाखाको तदर्थ समिति गठन गरेको हो ।

समितिको संयोजकमा दिपेन्द्र श्रेष्ठ चयन भएका छन् । तदर्थ समिति नौं सदस्यिय बनेको छ । समितिका सदस्यहरुमा सुजित भण्डारी, सुनिल श्रेष्ठ, शालिकराम चालिसे, केदार ढकाल, रामेश्वर ढकाल, सावित्रि गिरी, रोशन बोगटी र सङ्गम भड्ताल रहेका छन् । फोटो जर्नालिष्ट क्लव नुवाकोट शाखाको सल्लाहकारमा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल र नुवाकोटका पुराना फोटो पत्रकार ध्रुवकुमार रावललाई मनोनय गरेको छ ।

पिजे क्लव नुवाकोटले तदर्थ समिति गठनको जानकारी केन्द्रिय समितिलाई गराउने र असार मसान्तसम्ममा पहिलो साधारण सभा गर्ने बताइएको छ । नुवाकोटमा क्रियाशिल फोटो पत्रकारहरुको क्षमता विकासका लागि क्लवले फोटो पत्रकारिता तालिमको आयोजना समेत गर्ने भएको छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top