२०८१, ६ बैशाख बिहीबार

फोटो जर्नालिष्ट क्लव नुवाकोट शाखाको तदर्थ समिति गठन

    बैशाख १० २०७५ १९:३६

Photo Journalist Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / विभिन्न सञ्चार माध्यामहरुमा कार्यरत फोटो पत्रकारहरु नुवाकोटमा संगठित भएका छन् । जिल्लाका फोटो पत्रकारहरुको भेलाले फोटो जर्ना्लिष्ट क्लव नुवाकोट शाखाको तदर्थ समिति गठन गरेको हो ।

समितिको संयोजकमा दिपेन्द्र श्रेष्ठ चयन भएका छन् । तदर्थ समिति नौं सदस्यिय बनेको छ । समितिका सदस्यहरुमा सुजित भण्डारी, सुनिल श्रेष्ठ, शालिकराम चालिसे, केदार ढकाल, रामेश्वर ढकाल, सावित्रि गिरी, रोशन बोगटी र सङ्गम भड्ताल रहेका छन् । फोटो जर्नालिष्ट क्लव नुवाकोट शाखाको सल्लाहकारमा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल र नुवाकोटका पुराना फोटो पत्रकार ध्रुवकुमार रावललाई मनोनय गरेको छ ।

पिजे क्लव नुवाकोटले तदर्थ समिति गठनको जानकारी केन्द्रिय समितिलाई गराउने र असार मसान्तसम्ममा पहिलो साधारण सभा गर्ने बताइएको छ । नुवाकोटमा क्रियाशिल फोटो पत्रकारहरुको क्षमता विकासका लागि क्लवले फोटो पत्रकारिता तालिमको आयोजना समेत गर्ने भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top