sujim advert

महोत्सवमा संकलित रकम धर्मशाला निर्माणमा

    बैशाख ७, २०७५

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

खोटाङ/महोत्सवमा संकलन भएको रकम धर्मशाला निर्माणमा खर्च गरिने भएको छ ।

गत चैत १५ देखि २३ गतेसम्म दिक्तेलस्थित मझुवागढीमा सञ्चालन भएको धार्मिक तथा पर्यटकीय महोत्सवमा संकलित रु ४३ लाख ७६ हजार ५३६ धर्मशाला निर्माणमा खर्च गरिने भएको हो ।

नौ दिनसम्म सञ्चालन भएको महोत्सवमा रु ६० लाख ६२ हजार ३९२ संकलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक पदमप्रसाद आचार्यले बिहीबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।

सदरमुकाम दिक्तेलको सबैभन्दा नजिक रहेको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी क्षेत्रमा आउने तीर्थालुको सुविधाका लागि धर्मशाला निर्माण गर्ने योजना बनाइएको संयोजक आचार्यले बताउनुभयो ।

विश्व प्रशिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने तीर्थालुले मझुवागढी क्षेत्रको कालिका भगवती, बुद्धेश्वर गुफा र ऐतिहासिकस्थल मझुवागढीको दर्शन नगरे तीर्थ अपूरो हुने भएकाले यहाँ आउने तीर्थालुका लागि धर्मशाला निर्माण गरिने संयोजक आचार्यको भनाइ छ । धर्मशाला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तयार गरेको गुरुयोजनाको आधारमा निर्माण गरिने आयोजकले जनाएका छन् ।

करीब रु डेढ करोडको लगानीमा निर्माण गर्न लागिएको धर्मशालाका लागि नगरपालिकाले समेत सहयोग गर्ने बताएको छ । विभिन्न सभासम्मेलन समेत गर्न मिल्ने गरी निर्माण गर्न लागिएको धर्मशालाको शिलान्यास महोत्सव उद्घाटनका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गर्नुभएको थियो ।  (रासस)


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top