sujim bazar advert

नेपाल विश्वको एक हिन्दु सापेक्ष राष्ट्र हो र हुनुपर्दछ: टिकाप्रसाद देवकोटा

    चैत्र १२, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

श्री आराध्यदेव पशुपति नाथ विराजमान हुनुहुन्छ, साथसाथै भगवान गौतम बुद्ध जन्मेको शान्ति क्षेत्र यो देश नेपाल पशुपति, लुम्विनी, गोसाईकुण्ड, रामजानकीलगायत अनगिन्ती मन्दिरै मन्दिरको खानी यो देश नेपाल स्वर्ग समान मात्र नभई यसभित्र अपार शक्तिपिठहरु लुकेको छ । त्यसकारणले होला, विदेशी नागरिकहरुले पनि अवलोकन गरेर नेपालको महत्व बुझिसकेका छन् । तर, हामीले नेपाली भएर यही नेपालको माटोमा जन्मेका छौं, तर खोई त नेपालको महत्व बुझेको ? तर के गर्नु, नेपालका देश हाँक्नेहरुले नै नेपालको महत्व बुझेका रहेनछन् । किनकी बुझेको भए नेपाल जस्तो पूण्यभूमिलाई धर्मनिरपेक्ष भन्ने उपनाम दिने नै थिएनन् । नेपालमा नेताहरुले जे निर्णय ग¥यो त्यसलाई जनताले ताली ठोक्नै पर्ने प्रवृत्तिले गर्दा हामी नेपाली जनता धेरै पछि परेका छौं ।

आदरणीय आमाबुबा तथा दाजुभाई दिदीबहिनीहरु, नेताहरुले त यो पार्टी, ऊ पार्टी भनेर जनतालाई जुधाँउने र बजाउने बाहेक केही गर्दैनन्, किनकी नेपालको गौरवशाली नक्सा नै फेर्न तम्सने नेताहरुले त अब नेपालको नामै फेर्न पनि बेर छैन । किन भन्नुहुन्छ भने नेपालमा हिन्दु राष्ट्र भएको बखतमा सनातन हिन्दुहरुले कसलाई र कुन धर्मलाई अप्ठ्यारो र थिचोमिचोमा पारेको थियो र ? नेपाल विश्वकै एकमात्र हिन्दु अधिराज्य भनिन्थ्यो तर यस पवित्र पूण्यभूमिलाई कसैको आडमा धर्मनिरपेक्ष राष्ट्र नेपाल घोषणा गरियो । तत्पश्चात धर्म परिवर्तन गर्ने गराउनेको लहर लागेको छ । यस नेपालको माटोमा विविध जातजाती, भाषाभाषी र विविध धर्म र संस्कृतिको संरक्षण, वैदिक सनातन हिन्दु धर्मले गरेको छ । त्यसकारण हिन्दु सनातन सबै अनुयायीहरुको संरक्षक पनि हो । सनातन हिन्दु परम्परा कहिले जन्मियो र कहिले टुङ्गिन्छ भन्ने प्रश्नको उत्तर नै छैन । नेपाल भनेको तीर्थस्थल हो, जहाँ विश्वका हिन्दु र बुद्धिष्ट नेपालमा पशुपतिनाथ र लुम्बिनी दर्शन गर्न आउने गर्दछन् । यसकारण सनातन हिन्दु परम्परा अपार छ । हिन्दु धर्म भनेको सपना र कल्पना मात्र होइन, के हो त हिन्दु सनातनको सारतत्व भन मानिसमा भएको सकारात्मक सोच, सद्भाव, सहिष्णुता, परोपकार, नैतिकतावान् एवम् विवेक सञ्चित गराउँदै अतिथि सत्कार गर्ने, कसैप्रति भेदभाव नरहेको शोषणमुक्त, कसैलाई नहोच्याउने र शान्त, सुन्दर, समृद्ध समाजलाई अर्थात राष्ट्रलाई स्वर्ग सम्मान बनाउने मार्गचित्र हो हिन्दु सनातन धर्म भनेको ।

त्यसकारण अहिलेका राजनेता वा राजनीतिज्ञहरुले नेपाल जस्तो पुण्यभूमि तीर्थस्थललाई परिवर्तन गराएर धर्मनिरपेक्ष राष्ट्र नेपाल घोषणा गरेर ठूलो परिवर्तन र प्रगति सोच्नु भएको भए यो सोच उहाँहरुको ठूलो भुल हुनुको विकल्प छैन । किन भन्नुहुन्छ भने राजनीति भनेको धर्मको एउटा अङ्ग हो । कुनै पनि कार्य गर्दा धर्म छोडेर गरेको सफल हुँदैन । (शान्ति र अहिंसावादी महात्मागान्थीले भन्नुभएको थियो म सँग धर्म बाहेक केही पनि छैन) त्यसकारण सच्चा राजनीति गर्ने व्यक्तिसँग सच्चा धर्म हुनुपर्दछ, अनि मात्र जनताको भलो हुनेछ । सच्चा माष्टरसँग सच्चा धर्म हुनु पर्दछ अनि मात्र बालबच्चाले राम्रो शिक्षा पाउनेछन् । सच्चा कृषक सँग सच्चा धर्म हुनुपर्दछ अनि मात्र स्वच्छ उब्जनी हुनेछ । सच्चा व्यापारीसँग सच्चा धर्म हुनुपर्दछ अनि मात्र उसले ठगी गर्ने छैन । सच्चा कर्मचारीसँग सच्चा धर्म हुनुपर्दछ अनि मात्र भ्रष्टाचार नियन्त्रण हुनेछ । यसकारण सबै प्रकारसँग एकै प्रकारको सनातन हिन्दु धर्म हुनुपर्दछ अनि मात्र व्यक्तिको विकास, गाउँको विकास र सिङ्गो मुलुकको विकास हुनेछ । यो ब्रम्हाण्ड श्रृष्टि साक्षात् भगवानबाटै भएको हो, ॐ नम शिवायः पञ्चाक्षरी महामन्त्र बन्यो । पञ्चाक्षरी महामन्त्रबाट त्रिपदा गायत्री मन्त्र बन्यो । त्रिपदा गायत्री मन्त्रबाट बेद बन्यो । विद्याका प्रारम्भकर्ता शिव भगवानले आफैंलाई समाप्त पारेर भएपनि संसारलाई बचाउनु पर्छ भन्ने परोपकारी र त्यागी व्यवहारको प्रादुर्भाव गर्ने कालकुट विष आफैंले पिएर संसारको रक्षा गर्नुभयो । नेपाल जस्तो पवित्र भूमिमा हिन्दु, बुद्ध, किराँत लगायतका धर्मालम्वीहरु सबै हिन्दु सनातन ॐ परिवारका अनुयायीहरु हुन् भनी संरक्षण गर्ने श्री आराध्यादेव शिव भगवान नै हुनुहुन्छ । त्यसकारण यो संसार सच्चा हिन्दु सनातन धर्मको आधारले अडेको रहेछ ।

हाम्रो नेपालमा धेरै ठूलो जनताको कल्याण गराउने र संसारलाई नै आश्चर्यचकित पार्ने परिवर्तनको संज्ञा र विशेषण झुण्ड्याएर नेपाल र नेपालीलाई दिनप्रति चुस्दै खोक्रयाउँदै संसारकै सबैभन्दा दरिद्री र निर्धन मुलुक नेपाललाई बनाएको तीतो सत्य हामीले भोगिरहेका छौं । वास्तविक तस्वीर हेर्दा जो सुकैले जतिसुकै क्रान्ति र परिवर्तन भएको गफ गरेपनि भाषण गरेपनि नेपाल र नेपाली जनता रित्तै भइसकेका छन् । त्यसैले आगामी दिनमा विगतका तीतो सत्यलाई विर्सेर देश हाँक्ने अभियन्ताहरुले सोच्ने भए सोच्ने बेला आएको छ । नेपालको हिन्दु धर्म संस्कृति र परम्परागत रितिरिवाजलाई कुठाराघात गरेर विदेशी संस्कृति र धर्मको खुलायाम विजारोपण गर्न बाटो खोली दिने नेपालका नेताहरुको नेपाली जनतालाई कुनै भरोसा नभएको बुझिन्छ । धर्म सापेक्ष भनेको कुनै पनि धर्मप्रति आस्था राख्नु हो र कुनै पनि धर्मप्रति आस्था नराख्नु भनेको धर्मनिरपेक्ष हो । कुनै पनि धर्म नमान्नेलाई नास्तिक भनिन्छ, त्यसैले धर्म निरपेक्ष भनेको नास्तिक हुनु हो । त्यसैकारणले आदरणीय आमाबुबा तथा दाजुभाइ दिदीबहिनीहरु हो, हामी कुनै दल वा पार्टी भएर होइन, मात्र नेपाली नागरिक भएर सोचौं हामी हाम्रो सनातन हिन्दु परम्परा अनुसार तिथी, श्राद्ध, विवाह, पाठपूजा, चाडपर्व मानेर मात्र रहन सक्दछौं, तर नास्तिक भएर रहन सक्दैनौं । किन भन्नुहुन्छ भने विश्वमा नगन्य मुलक मात्र धर्मनिरपेक्ष छन् र धेरै मुलुकहरु विविध धर्म सापेक्ष राष्ट्र छन् भने नेपालमा भइरहेको र मान्दै आएको सनातन हिन्दु राष्ट्र नेपाललाई परिवर्तन गराएर किन धर्मनिरपेक्ष राष्ट्र नेपाल घोषणा गरियो ? आम नेपाली जनताले सोच्ने बेला आएको छ, हामीले आफ्नो परम्परा र स्वधर्मको पालना गरेनौं भने हामीले रितिरिवाज विर्सन्छौं, आफ्नो कर्म विर्सन्छौं, त्यसपछि आफन्त को हुन्, चेलिबेटी को हुन्, अनुशासन के हो सबै कुरा विर्सन्छौं, त्यसपछि विस्तार–विस्तार आफ्नै कुलकुटुम्ब सँग पनि विहेवारी हुन थाल्दछ, त्यसैकारण यो मति भ्रष्ट हुनबाट बच्न र हाम्रो नेपाल र नेपालीको हिन्दु सनातन परम्परा बचाउनको निमित्त तपाईं हिन्दु परिवार जो जहाँ हुनुहुन्छ, तपाईहरुलाई धर्मनिरपेक्ष राष्ट्र नेपाल भएको भन्दा सनातन हिन्दु सापेक्ष राष्ट्र नेपाल नै ठीक लाग्छ भने नेपालमा धर्मनिरपेक्ष होइन, सनातन हिन्दु सापेक्ष राष्ट्र नेपाल हुनुपर्दछ भनी आफ्नो आफ्नो ठाउँबाट, गाउँबाट, वस्तीबाट आवाज उठाउनको निमित्त म दुई हात जोडी हार्दिक अनुरोध गर्दछु र यो हाम्रो नेपालमा धर्म निरपेक्ष होइन, सनातन हिन्दु सापेक्ष राष्ट्र नेपाल नै हुनुपर्दछ भन्ने एउटा लेख लेखेको छु । यसलाई एकचोटी पढेर हजुरहरुलाई राम्रो या नराम्रो जस्तो लागेपनि पक्कै पनि प्रतिक्रिया दिनुहुनेछ भन्ने कुरामा म आशावादी रहनेछु ।

जय देश! जय जनता! जय हिन्दुत्व!

कालिका गाउँपालिका-३, कटुञ्जे, रसुवा / ९७४१२३५८९०

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top