sujim advert

निटलाई कांग्रेसको शुभेच्छुक संस्था बनाउने देउवाको भनाई

    माघ १९, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रवादी पर्यटन व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघ (नीट) लाई पार्टीको आगामी केन्द्रिय समिति बैठकबाट पार्टीको शुभेच्छुक संस्थाको मान्यता दिईने बताएका छन ।

नेपाल पर्यटन व्यवसायी संघ (नीट)ले आयोजना गरेको लोकतान्त्रिक पर्यटन व्यवसायिहरुको बृहत भेला तथा सम्मान कार्यक्रममा बोल्दै देउवाले सो कुरा वताएका हुन । चुनावमा नेपाली कांग्रेसको सिद्धान्त र दर्शनले नहारेको तर पार्टीका नेताहरुले चुनाव हारेको उनको भनाई थियो । यस विषयमा पार्टीको केन्द्रिय समितिमा छिट्टै समिक्षा हुने उनले वताए ।

नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा प्रत्येक गाउँमा पर्यटकिय सम्भावना रहेकोले व्यवसायीहरुले पनि लगानी गर्दा त्यस विषयमा ध्यान दिनुपर्ने वताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक खड्काले नेपालमा विशेषगरी कम्युनिष्ट पार्टीहरुले पर्यटन क्षेत्रमा माफियाकरण गरेको वताए ।

नेपाल पर्यटन व्यवसायी संघ (नीट) का अध्यक्ष दीपक महतले लोकतन्त्रमा आस्था राख्ने व्यवसायिहरुले आफ्नो व्यवसायका साथै सामाजिक उत्तरदायित्व अन्र्तगत धेरै काम गरेको बताए । महतले आँफुहरुले पार्टीवाट केहि नमागेको तर आवश्यक पर्दा सहयोग गरेको वताउँदै निट लाई पार्टीले शुभेच्छुक संस्थाको मान्यता दिनुपर्ने माग गरेका थिए ।

कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संस्थामा निर्वाचित भएका लोकतन्तवादी पर्यटन व्यवसायीहरुलाई बधाई सहित सम्मान गरिएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का केन्द्रीय अध्यक्ष शिव अधिकारीलगायत पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो । यसैगरी नीटको अभियानमा भूकम्पपछि मानव बस्ती बिहिन बनेको लाङटाङ क्षेत्रमा पुन बस्ती बसाल्ने अभियानको संयोजन गरेका रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने र उनका सहयोगी अशोक शिल्वाललाई समेत सम्मान गरिएको थियो ।

पर्यटन क्षेत्रमा व्यापार व्यवसाय गरेका लोकतान्त्रीक पर्यटन व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा नीटका सहअध्यक्ष रामशरण थपलियाले कार्यक्रमलाई भव्य र सभ्य बनाउन विशाल सहभागीता जनाउनु भएको भन्दै नेता तथा सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद प्रकट गरेका थिए । -गन्तव्यनेपालबाट

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top