काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजना र सहकारी तथा गरिबी निवारण मन्त्रालयको सह आयोजनामा ‘सहकारी मार्फत आर्थिक समावेशीकरण र उद्यमशिलता विकास’ विषयक दुई दिवशीय राष्ट्रिय गोष्ठी हुने भएको छ ।
फागुन ३ र ४ गते काठमाडौंमा हुने उक्त गोष्ठीमा सहभागि हुने नेफ्स्कूनले सहकारी संघ/संस्थालाई आव्हान गरेको छ ।
सहकारीमार्फत महिला सशक्तिकरण, समावेशीकरण, उद्यमशिलता विकास लगायतका क्षेत्रमा नेपालको बदलिंदो राजनीतिक र कानुनी परिवेश एवं अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा सम्भावनाको खोजी र मार्गदर्शन हुने कार्यक्रम मा इच्छुक संघ/संस्था, सहकारीका महिला नेतृत्वकर्ता, अन्य क्षेत्रमा रही सहकारी क्षेत्रमा चासो राख्ने व्यक्ति र व्यक्तित्व, महिलाका क्षेत्रमा चासो राख्ने विकास अभियन्ताहरुलाई यथाशिघ्र आफ्नो सीट सुरक्षित गर्न अनुरोध गरेको हो ।
क्राउन बैंक्वेट मीनभवन हुने उक्त गोष्ठीमा सहभागि हुन २ हजार लाग्ने नेफ्स्कूनले जनाएको छ । -कोपमिडियाबाट
प्रतिक्रिया