नेपाली काँग्रेसका नेता एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य, केन्द्रिय सदस्य प्रकाशशरण महत, ध्रुव अधिकारी लगायतका नेताहरुले प्रधानमन्त्रिसँग भेटघाट गरेका छन् ।
नुवाकोट, रसुवा हुँदै चिनसम्म पुग्ने एक मात्र सडक मार्गको तिव्र स्तरोन्नती, टोखा छहरे सुरुङ मार्ग निर्माणमा तत्कालै अध्ययन थाल्नुपर्ने लगायतको बिषयमा प्रधानमन्त्रिको ध्यानाकर्षण गराएको नेपाली काँग्रेस नुवाकोटका पुर्वसभापती ध्रुव अधिकारीले बताए ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन समिटिएपछि मुलुक सम्बृद्धतर्फ लम्किएको भन्दै अन्तराष्ट्रिय नाकासँग छिटो र सहज रुपले पुग्नको लागी टोखा छहरे सुरुङमार्ग निर्माणमा प्राथमिकता दिनको लागी आग्रह गरेका छन् ।
यस्तै, गल्छि त्रिशुली सडकमार्ग, मध्यपहाडी लोकमार्ग लगायतको सबै सडक मार्गहरुलाई आवश्यक पर्ने जग्गाको चलनचल्ति अनुसार मुअब्जा वितरण गर्नको लागि माग गरेका छन् । सडकको मापदण्ड अनुसार कायम अधिक्रमण हुने जग्गाको उचित मुल्याङकन गरि जनताहरुलाई क्षतिपुर्ति दिनुपर्ने बताईएको छ ।
यस्तै, प्रधानमन्त्रि शेरबहादुर देउवाले तत्कालै, भुमिसुधार मन्त्रालय, भौतिक योजना मन्त्रालय र अर्थ मन्त्रालयमा प्रतिनिधिहरुलाई बोलाएर सडकमार्गमा पर्ने जग्गाको तत्कालै लगत संकलन गरि चलनचल्ति अनुसार क्षतिपुर्तिको दिनको लागी निर्देशन दिनुभएको प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य बहादुर सिंह लामा तामाङले जानकारी दिए ।
प्रतिक्रिया