sujim advert

दार्जिलिङमा पलका युवती फ्यान : ‘रुने’ देखि ‘चिच्याउने’ सम्म !

    माघ १, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

paul shah nepal Darjeeling
bidur tax consultancy services in nuwakot
नायक पल शाहलाई म्यूजिक भिडियोका महानायक भनिन्छ । हजारभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका पल नेपाली फिल्मका पनि लोकप्रिय अनुहार हुन् । ‘नाइँ नभन्नु ल ४’ बाट नेपाली रजतपटमा भित्रिएका उनले ‘म यस्तो गीत गाउँछु’ र ‘जोनी जेन्टलम्यान’मा अभिनय गरिसकेका छन् । चैत ९ गते उनी अभिनीत चौथो फिल्म ‘शत्रु गते’ प्रदर्शनमा आउँदैछ ।
एक समय म्यूजिक भिडियोमा एकछत्र राज गरेका पलको क्रेज युवा पुस्तामाझ गजब छ । उनलाई जुनसुकै वर्गका दर्शकले पनि उतिक्कै मन पराउँछन् । अझ युवतीहरु त उनका डाईहार्ट फ्यान छन् । फिल्ममा भित्रिएको यति छोटो समयमा पलले जुन सफलता हात पारे त्यो नेपालका कमै चकलेटी नायकले महशुस गर्न पाएका छन् ।
नेपालमा त उनको फ्यान क्रेज कस्तो छ त्यो सबैलाई थाहा छ । उनलाई देखेपछि ‘रुने’ देखि ‘चिच्याउने’ सम्म फ्यानको संख्या नेपालमा मात्र होइन नेपालीहरुको बाक्लो बसोबास रहेको दार्जिलिङमा पनि उतिक्कै रहेछ । शनिवार दार्जिलिङको प्रहरीले आयोजना गरेको म्याराथनमा नेपालबाट अतिथि बनेर पुगेका पललाई त्यहाँका नेपालीले ठूलो सम्मान दिएका छन् ।
उनलाई हेर्नका लागि हजारौं नेपाली सडकमा उत्रिएका थिए । कार्यक्रममा पुगेका सयौं युवतीहरु त पललाई देखेपछि ‘रुन’ र ‘चिच्याउन’ थालेका थिए । पललाई फ्यानको भीडबाट छुटाउन ५० बढी भारतीय प्रहरीको समेत पसिना छुटेको थियो । पलसँगै दार्जिलिङ पुगेकी नायिका आँचल शर्माको फ्यान पनि उल्लेख्य थिए ।
दर्शकको भीड थाम्न मुश्किल भएपछि डीएसपी सिद्धार्थ दोर्जी, ट्राफिक प्रहरी प्रमुख दोर्जे शेर्पा र सब-इन्स्पेक्टर मिलन गुरुङसहित ५० बढी पुलिसले सुरक्षा दिँदै पल र आँचललाई होटेलसम्म पुर्‍याएका थिए । होटलमा समेत सयौं दर्शकले पललाई हेर्ने भन्दै नारा लगाउन थालेपछि प्रहरीको पनि केही सिप चलेन । अन्ततः पल र आँचल, प्रहरी सुरक्षा भित्र रहेर केहीबेर दर्शकसँग सेल्फीमा समेत रमाए । दार्जिलिङमा पलका युवती फ्यान बढी थिए ।
दार्जिलिङ पुलिसका अनुसार, पहिलो पटक नेपाली कलाकारलाई यो अनुसारको सुरक्षा दिइएको हो । पलले दार्जिलिङबासी नेपालीबाट पाएको मायाबाट खुसी भएको बताए । उनले भने, ‘मेरो खुट्टा भाँचियोस् तर दर्शकको माया मेरो लागि सबैभन्दा ठूलो कुरा हो ।’ पल र आँचलसँगै निर्माता अजय मल्ल ठकुरी र म्युजिक भिडियो निर्देशक विकास सुवेदी पनि दार्जिलिङको कार्यक्रममा उपस्थित थिए । -फिल्मीखबरबाट
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top