२०८१, १२ बैशाख बुधबार

दिसामुक्त क्षेत्र घोषणामा नुवाकोट बाधक

    पुष १ २०७४ ११:२२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/नेपाललाई नै यो अङ्ग्रेजी वर्ष सन् २०१७ भित्र खुला दिससामुक्त क्षेत्र घोषणाको तयारी गरे पनि त्यो कार्यान्वयनका लागि नुवाकोट नै बाधक हुने देखिएको छ ।

नुवाकोटमा साबिकका ६१ गाविस र एक नगरपालिका रहेकोमा अहिलेसम्म बल्ल २५ गाविस घोषणा भएको र केही तयारी अवस्थामा भए पनि आधा दर्जन गाविसको केही बस्तीका बासिन्दाले शौचालय निर्माणमा चासो नदिएपछि नेपाल यो अङ्ग्रेजी वर्षभित्र खुला दिसामुक्त क्षेत्र घोषणामा अवरोध पुग्ने देखिएको छ ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति नुवाकोटले सरोकारवालाहरूसँगको बैठकले बाँकी रहेका क्षेत्रमा शौचालय निर्माण गर्न ताकेता गरी तोकिएको लक्ष्य पूरा गर्न सक्रिय हुनुपर्ने बताएको छ । नुवाकोटको बाह्रवटै स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारीमध्ये कुनै एकको प्रतिनिधित्व रहेको बैठकमा बाँकी रहेको साबिकको गाविस र नगरपालिकालाई तोकिएको लक्ष्य पूरा गर्न देखिएको चुनौती हटाएर बाँकी रहेको करिब बीस दिनभित्रै सबैको घरमा शौचालय बनाउनुको विकल्प नभएको बताएका छन् ।

नुवाकोटमा दुप्चेश्वर गाउँपालिकाबाहेक बाँकी रहेका ११ वटा स्थानीय तहको विभिन्न वडाहरू घोषणा गर्न बाँकी रहेकाले त्यसलाई अब स्थानीय तहले नै अनुगमन गरी घोषणा गर्ने र त्यसपछि सिङ्गो स्थानीय तहको घोषणा भने जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले गर्ने जिम्मेवारी खानेपानी तथा सरसफाइ कार्यालयको मध्यमाञ्चल क्षेत्रीय निर्देशक सुदर्शन भण्डारीले बताए । खुला दिसामुक्त क्षेत्र घोषणाका लागि बाँकी रहेको स्थानको वडामा भदौ १६ गतेदेखि नै स्थानीय तहलाई जिम्मेवारी दिएकाले आवश्यक सहयोगको समन्वय गरी घोषणा गर्न र त्यसपछि जिल्लास्तरीय समितिमार्फत खुला दिसामुक्त स्थानीय तह घोषणा यो अङ्ग्रेजी महिनाभित्र पूरा गर्न सक्ने गरी कामलाई तीव्रता दिन आग्रह गरेका छन् ।

नुवाकोटमा जिल्ला सदरमुकाम रहेको विदुर नगरपालिका, नयाँ थप भएको बेलकोटगढी नगरपालिकासहित ११ स्थानीय तहको विभिन्न वडाका बस्तीका बासिन्दाले शौचालय निर्माण नगर्दा खुला दिसामुक्त क्षेत्र घोषणाका लागि बाधक बन्दै आएको छ ।

विदुर नगरपालिकाका लागि वडा नं. १ को त्रिशूलीबजारका बासिन्दाले सीधै नदीमा ढल मिसाउने गरेको, वडा नं. ३ को खड्गभञ्ज्याङ, वडा नं. ६ को विभिन्न बस्ती, वडा नं. ११ को माथिल्लो गेर्खुमा शौचालय निर्माण नहुँदा खुला दिसामुक्त क्षेत्र घोषणाका लागि चुनौती रहेको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताए । उनले पुनर्निर्माण अभियान जारी रहेका सबै लाभग्राहीले आवास निर्माण सम्पन्न गर्न बाँकी भएकाले शौचालय निर्माणमा ढिलाइ हँुदा लक्ष्य पूरा गर्न कठिन देखिएको बताए ।

जनतामा चेतनाको स्तर भएर शौचालय निर्माण गर्नुपर्ने भन्ने जानकारी भएर व्यवस्थित चर्पीको प्रयोग हुँदै आए पनि शौचालय निर्माणमा भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माण अवरोधको रूपमा रहेको मेयर पण्डितले बताए ।

नुवाकोटमा मेघाङ गाउँपालिकाको बुङताङ र किस्पाङ गाउँपालिकाको काहुले बाँकी भए पनि घोषणाका लागि तयारी अवस्थामा रहेकाले छिट्टै घोषणा हुने भएको छ ।

शिवपुरी गाउँपालिकामा साबिकको चार गाविस बाँकी भए पनि सिक्रेलाई मुख्य चुनौती रहेको, लिखु गाउँपालिकामा सूर्यमती तयारी अवस्था भए पनि खानीगाउँको साबिकको वडा नं. ६ को करिब ५० घरपरिवामा तोकिएको समयमा शौचालय निर्माण गर्न समस्या देखिएको छ ।
तादी गाउँपालिकाको रालुकादेवी र खारनीटार, तारकेश्वर गाउँपालिकाको बुधसिंह, दाङसिङ र गोस्र्याङ खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेको जिल्ला खानेपानी कार्यालय नुवाकोटका प्रमुख मोहनलाल जैसीले जानकारी दिए ।

सूर्यगढी गाउँपालिकाको हल्देकालिका र गणेस्थान तयारी अवस्थामा रहेको र लच्याङमा भने समस्या रहेकाले तोकिएको समयमा घोषणा गर्न समस्या देखिएको छ । बेलकोटगढी नगरपालिकाको कार्यालयको केन्द्र रहेको स्थान बाघखोरसहित वडा नंं. ६ को विभिन्न बस्ती र वडा नं. १ मुख्य चुनौतीको रूपमा रहेको छ । अन्य साबिकका गाविस दुईपीपल, कुमरी, जिलिङको विभिन्न बस्तीमा शौचालय निर्माण सम्पन्न भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ । ककनी गाउँपालिकाको साबिकको ककनी बाँकी भए पनि समस्या नभएको, तर ओखरपौवाको कागतीगाउँ र चाउथेमा भने शौचालय निर्माणमा नागरिकलाई जागकरुता बनाउन समस्या देखिएको कार्यालयका प्रमुख जैसीले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top