२०८१, ७ बैशाख शुक्रबार

नुवाकोटमा बामगठबन्धन बलियो, क्षेत्र नम्वर १ मा हितबहादुरको जीत सुनिश्चित

    मंसिर २३ २०७४ २२:३३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट / केन्द्रीय राजनितिमा प्रभाव पार्न सक्ने शक्तिशाली नेताका रुपमा प्रचार गरिएका काँग्रेस वरिष्ठ नेता एवम छ पटकका अर्थमन्त्री भैसकेका काङ्ग्रेस केन्द्रीय सदस्य डा. रामशरण महत जारी प्रतिनिधी निर्वाचनको मतगणनामा क्रमश निकै पछि पर्दै जान थालेका छन ।

मतगणना थालनीको सुरुवातमा आफ्नै गाउं कबिलासको गणना हुँदा अघी देखिए पनि त्यसपछी निरन्तर पछि पर्दै गएका महतको पछिल्लो मतगणनामा मतान्तर झनै बढदै जाँदा र एमाले तथा माओवादी प्रभावका क्षेत्र मानिएका स्थानको गणना बाँकी रहेको अवस्थामा नेता महत पराजय उन्मूख भएको नतिजाले देखाएको छ ।

ताजा मतपरिणाम अनूसार नुवाकोट क्षेत्र नम्वर १ को प्रतीनिधी सभा निर्वाचनमा बामगठबन्धनका हितबहादुर तामाङ प्रतिस्पर्धी रामशरण महत भन्दा निकै अघि देखिएका छन । तामाङले आफनो मतान्तर बढाउँदै लगेका छन भने विजयको सुनिश्चितता पनि पछ्याउँदै छन। मतपरिणाम अनूसार बामगठबन्धनका तामाङले २२हजार ३सय २३ मत प्राप्त गरेका छन ।

जहाँ काँग्रेस नेता डाक्टर रामशरण महतले केवल १६ हजार ८सय १९ मत प्राप्त गरेका छन । तामाङ र महत बिच ५ हजार ५ सय ४ मतको अन्तर देखिन्छ । हाल हितबहादुर तामाङको वर्चस्व रहेको क्षेत्रको मतगणना जारी रहेकोे छ।

Image may contain: 4 people, people smiling

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top