२०८१, १४ बैशाख शुक्रबार

भोट नगन्दा नेतालाई छटपटी

    मंसिर २१ २०७४ १३:१०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा/मङ्सिर १० गते सम्पन्न निर्वाचनमा कसले बाजी मार्ला भन्ने थरीथरीका अड्कलले नेताहरूमा छटपट चलेको छ ।

रसुवाका मतदान केन्द्रमा खसेको मतका बाक्सा धुन्चेस्थित जिल्ला प्राविधिक कार्यालयको भवनमा सिलबन्दी गरी कडा सुरक्षाका साथ राखिएको छ ।

मतपेटिकालाई सशस्त्र तथा नेपाल प्रहरीको साथै म्यादी प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिइरहेका छन् । भित्री घेराको ढोकामै टेन्ट राखेर वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले चिसोको पर्वाह नगरी आलोपालो पहरा दिइरहेका छन् । मतपेटिका राखिएको कोठाको झ्याल पूरै प्लाइउडले टालिएको छ भने कोठामा सिसिक्यामेरासमेत जडान गरिएको छ । नेपाली सेनाले भने मतपेटिका राखेको क्षेत्र देखिने गरी पहरा दिइरहेको छ । गठबन्धनका प्रतिनिधि दिनभर निर्वाचन कार्यालयको परिसरमा आ–आफनो जित सुनिश्चित हुने अड्कल गरिरहेका छन् ।

३२ हजार ३ सय २२ मतदातामध्ये प्रतिनिधिसभाका लागि २६ हजार ९४ मत खसेको विवरण सार्वजनिक भएको छ । यतिबेला प्रतिनिधिसभाका उम्मेदवार मोहन आचार्य, जनार्दन ढकाल र प्रदेश सभाका उम्मेदवारहरू कन्र्याल तामाङ, प्रभात लामा, इन्द्रप्रसाद गोतामे (जगतजङ) र पूर्वसभासद् प्रेम तामाङलाई भने छटपटी भइरहेको महसुस गर्न सकिने विश्लेषकहरूले बताएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top