sujim bazar advert

नुवाकोटमा मतपेटिका बोकेको गाडीमाथि बम प्रहार

    मंसिर १०, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी आज साँझ बम विस्फोट भएको छ ।

विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो । मतपेटिका लिएर दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरु सदरमुकाम विदुरतर्फ आइरहेका बेला ठूलो आवाजमा वम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बम विस्फोट भए पनि कुनै मानवीय र भौतिक क्षति नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । कुन प्रकृतिको काम हो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top