२०८०, २० मंसिर बुधबार
social securities awareness bidur municipality

संगम सहकारीको कारोवार साढे प्रन्ध्र करोड

    मंसिर ५ २०७४ १८:३३

pratik book and stationery center in nuwakot

बट्टार, संगम बचत तथा ऋण सहकारी संस्था बट्टारको १३ औं बार्षिक साधारण सभा संस्थाको निर्माणाधिन भवनमा एक कार्यक्रम बिच सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रमेश कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भयो । सो कार्यक्रमकोे संचालन सचिव नारायण श्रेष्ठद्धारा गरिएको थियो भने संस्थाका सह सचिव उपेन्द्र राज पाठकले स्वागत मन्तब्य राख्नु भएको थियो ।

संचालक समितिको तर्फबाट अध्यक्ष रमेश कुमार श्रेष्ठले संस्थाले प्रतिवेदन प्रस्तुत गर्दै चालु आवमा संस्थाको प्रशासनिक दैनिक कार्यसंचालन आफ्नै निर्माणाधिन भवनबाट संचालन गरिने जानकारी गर्नुभयो ।

कोषाध्यक्ष राजु बोगटीले आव ०७३।७४ को आय ब्यय बिवरण, ०७४।७५ र ०७५।७६ को अनुमानित आय ब्यय, बजेट तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभयो । संस्थाले आव ०७३।७४ मा रु. १५,५९,१९,९३०।५५ (पन्ध्र करोड उनान्साठी लाख उन्नाईस हजार नौ सय तिस रुपैया पचपन्न पैसा) कारोवार गरी रु २१९९५२५।०० (एक्काईस लाख उनान्सय हजार पाच सय पच्चिस रुपैया मुनाफा कमाउन सफल भएको बताउनु भयो साथै उहाँले आगामी पौष १५ गते हुने संस्थाको बार्षिक उत्सबमा सामाजिक उत्तरदायित्व अन्र्तगत देविघाट स्थित रहेको बृद्धाश्रममा रहेका बृद्धहरुलाई भौतिक सहयोग प्रदान गरिने जानकारी दिनु भयो । लेखा समितिको तर्फबाट संयोजक सुदिप अमात्यले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

शेयर सदस्यको तर्फबाट सदस्य नवराज न्यौपाने, सहयोगी सहकारीका बाबुराम अधिकारी, श्रीकृष्ण सहकारीका अध्यक्ष राम प्रसाद अधिकारी, बट्टार सहकारीका अध्यक्ष ओम प्रकाश श्रेष्ठ, लायन सहकारीका अध्यक्ष कुबेरमान श्रेष्ठ, क्रियटिभ सहकारीका ब्यवस्थापक नरेन्द्र प्रधान, जनमुखी सहकारीका अध्यक्ष महेन्द्र श्रेष्ठ लगायत बक्ताहरुले संगम सहकारीले छोटो समयमा जिल्लामा उत्कृष्ट सहकारीको रुपमा स्थापित भएको र निरन्तर सामाजिक कार्यहरु, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरी रहेको र भबिष्यमा अझै राम्रो कार्य गरिरहोस भन्ने शुभकामना दिनु भयो । प्रमुख अतिथि राजेश श्रेष्ठले संस्थाको भबिष्य उज्जवल रहेको बताउनु भयो ।

संस्थाले १३ औं बार्षिक साधारण सभाको उपलक्ष्यमा गरको संगम लाखे नाच प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने क्रमशः त्रिशुली लाखे समुह, पिपलटार कोलनी लाखे समुह, गंगटे लाखे संरक्षण समुह र सान्त्वना बट्टार लाखे समुह, बिदुर लाखे समुहलाई नगद क्रमश: २००००, १००००, ५००० र २५०० सहित ताम्रपत्रले सम्मान गरिएको संयोजक दिनेश कुमार श्रेष्ठले बताउनु भयो । सो प्रतियोगितामा जिल्लाका १० टिमको सहभागिता रहेको जानकारी दिनुभयो । त्यस्तै संस्थाका उत्कृष्ट बचतकर्ता, ऋणकर्ता र उत्कृष्ट बाबुनानी क्रमशः भगवती माझी बट्टार, प्रेम बहादुर पौडेल देविघाट, सलिना श्रेष्ठ मालकोटलाई सम्मान गरिएको थियो ।

साथै संस्थाका कर्मचारी सह लेखापाल सुश्री कस्मिता श्रेष्ठलाई उत्कृष्ट कर्मचारीले सम्मानित गरेको थियो भने संस्थाका सह–ब्यवस्थापक श्री रामचन्द्र श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान तथा बिदाई गरिएको ब्यवस्थापक अजय कुमार थापाले जानकारी दिनु भयो ।

संगम सहकारीको वेबसाईट www.sangamcooperative.com.np

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top