२०८०, १६ मंसिर शनिबार
social securities awareness bidur municipality

लोकतन्त्र जोगाउन काँग्रेस जित्न जरुरी: अर्जुननरसिंह केसी

    मंसिर ४ २०७४ १२:३९

Arjun Narshing KC
pratik book and stationery center in nuwakot

विदुर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार अर्जुननरसिंह केसीले लोकतन्त्र खतरामा परेकोले काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

बेल्कोटगढी नगरपालिकाको मदानपुर स्थित बालुवा भञ्याङ्गमा आयोजिक चुनावी आम सभालाई सम्वोधन गर्दै नेता केसीले बाम गठवन्धनको नाममा दुई कम्न्युष्टहरु एक भएको र उनीहरु अहिलेसम्मको प्राप्त लोकतान्त्रिक उपलब्धि मास्न लागि परेको उल्लेख गर्नुभयो । उहाँले भावि पुस्ताका लागि काँग्रेसलाई रोज्न नेता केसीले आग्रह गर्नुभएको छ । नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार अर्जुननरसिंह केसीले विश्वबाटै हराउदै गएको कम्न्युष्ट शासन नेपालमा सम्भावना नहुने बताउनुभएको छ ।

यस्तै निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा क का उम्मेदवार काँग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले काँग्रेसले सुरु गरेको अधुरा अयोजनाहरु सम्पन्न गर्नका लागि काँग्रेसले जित्नु पर्ने बताउनुभएको छ । उहाँले कम्न्युष्टले जित्दा काँग्रेसले सुरु गरेको योजनाहरुलाई निरन्तरता नदिने भएकोले जिल्लाको समग्र विकासको लागि थालिएको कार्यलाई टुङ्गोमा पु-याउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । प्रदेश सभाका उम्मेदवार केसीले आफ्नो अबको बिकास योजना बेल्कोटगढी नगरपालिका र विदुर नगरपालिकामा बढी केन्द्रित हुने बताउनुभएको छ ।

यस्ता अर्को बेग्लै कार्यक्रममा प्रदेश सभा ख मा काँग्रेसका उम्मेदवार जगतबहादुर तामाङले २०७० सालमा सम्पन्न दोश्रो संविधान सभा निर्वाचनको स्मरण गर्दै काँग्रेस बाम गठबन्धनको भन्दा झण्डै तीन हजार बढी मतले विजयी हुने बताउनुभएको छ । दोश्रो संविधान सभा निर्वाचनमा एमाले र माओवादीले पाएको मत काँग्रेस एक्लैको भन्दा २८ सय कम रहेको उल्लेख गर्दै बाम गठवन्धनले काँग्रेसलाई कुनै असर नपरेको बताउनुभएको छ । उहाँले बाहदुरसिंह लामा तामाङले सुरु गर्नुभएको विकास निर्माणलाई पुरा गर्न र निरन्तरता दिनको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।

नुवाकोट निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभाको उम्मेदवार रहनुभएका काँग्रेस केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले चुनावी भेटघाट अभियान, घरदैलो र आमसभालाई तिब्रता दिनुभएको छ । उहाँले आफु नुवाकोटको सबै क्षेत्रबाट निर्वाचन लडिसकेको र कसको घर कत्ता फर्केको भन्ने सम्मको जानकारी आफुसंग भएकोले अहिलेको बाम एकताले कुनै असर नपार्ने अभिव्यक्ति दिनुभएको छ । -ईमज साप्ताहिक

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top