sujim advert

नुवाकोट बाम गठबन्धनको प्रतिवद्धताः प्रत्येक वडामा एम्वुलेन्स

    ८ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

भोलाराज पौडेल । नुवाकोटका बाम गठबन्धनले संयुक्त प्रतिवद्धता पत्र तयार गरी नुवाकोटको आर्थिक विकास र रोजगारी सिर्जना गर्ने लगायतका कार्यक्रमहरु अघि सारेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमाले नुवाकोटले अघि सारेको प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य रोजगारी, विकास र पूर्वाधार निर्माणको कामलाई प्राथमिकता दिइएको छ ।

hit

गठबन्धनले अघि सारेका शैक्षिक विकासका कार्यक्रमहरुमा सबैका लागि शिक्षा कार्यक्रम, प्राविधिक शिक्षा, दलित, अल्पसंख्यक, गरिव विद्यार्थीका लागि विशेष प्राथमिकता दिइने, हरेक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षाको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

UML_NUWAKOT_AAJAKONES_MADHAV_PRASAD_TIWARI (5)

साथै शैक्षिक प्रमाणपत्र धितो राखेर वैंकबाट ऋण उपलब्ध गराउने योजना पनि रहेको छ । यस्तै प्रत्येक वडामा एम्वुलेन्सको सुविधा, वडास्तरमै आधारभुत स्वास्थ्य सेवा, गाउँपालिका नगरपालिकामा ५० सैयाको अस्पताल निर्माण गर्ने, प्रदेश क्षेत्रमा ७५ र निर्वाचन क्षेत्रमा १ सय सैयाँको अस्पतालको आवश्यकता बाम गठबन्धनले औंल्याएको छ ।

23621218_713844252154621_8077333790663365488_n

स्वास्थ्य संस्थाहरुलाई स्तरोन्नती गरी अत्यावश्यक औषधिहरु निःशुल्क बनाउने, प्रदेश क्षेत्रस्तरमै पोष्टमार्टमको सुविधा प्रदान गरिने, अकस्मिक दुर्घटना र स्वास्थ्य समस्याको लागि विशेष स्वास्थ्य सहायता कोषको स्थापना गरिने उल्लेख गरिएको छ । साथै स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाइने योजना आफूहरुको रहेको बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार नारायणप्रसाद खतिवडाले बताए ।

UML_NUWAKOT_AAJAKONES_MADHAV_PRASAD_TIWARI (1)

यस्तै सुचनाको हकलाई कार्यान्वयन गर्दै सरकारी तथा सार्वजनिक सरोकारका विषयहरुमा यथोचित सुचना दिइने, प्रदेश क्षेत्रभित्र रेडियो, टिभी पत्रपत्रिका, इन्टरनेशको विस्तारको लागि जनसहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने छ । यस्तै सडक व्यवस्थापनको लागि गाउँपालिका र नगरपालिकाभित्रका हरेक टोलमा मुख्य मार्गसँग जोड्ने सडक निर्माण र स्तरोन्ती गरिने जनाइएको छ । सडक निर्माण र मर्मतमा हुने भ्रष्टाचार र ढिलासुस्तीलाई रोक्न विषेश मापदण्ड बनाइने, सडक फराकिलो बनाउने अभियान चलाउने, एक घर एक धारा निति अवलक्वन गरिने, वैज्ञानिक भूमिसुधार निति लागू गरिने, कृषि संकलन, भण्डारण, विक्री केन्द्रको स्थापना र कृषिमा लाग्ने युवाका लागि विशेष प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक एवं क्षेत्र नं.२ प्रदेश खका उम्मेदवार हिरानाथ खतिवडाले बताए ।

UML_NUWAKOT_AAJAKONES_MADHAV_PRASAD_TIWARI (3)
यस्तै नुवाकोटको चिप्टेश्वर, फिर्केप, देवीघाटलगायतका स्थानहरुलाई पर्यटकीय क्षेत्र बनाउने, ऐतिहासिक स्थलहरुको संरक्षण र प्रवर्धनको लागि विशेष योजना अघि बढाउने योजना बाम गठबन्धन क्षेत्र नं. २ ले अघि सारेका कार्यक्रमहरु हुन् ।

UML_NUWAKOT_AAJAKONES_MADHAV_PRASAD_TIWARI (2)

यसबाहेक युवालाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, भुकम्पपीडितलाई तीन लाख बाट थप अनुदानको व्यवस्था गर्न पहल गर्ने, वृद्धवृद्धा, ज्येष्ठ नागरिक, अपाङ्ग, असाहाय, दलितहरुको लागि आवश्यकता अनुसारका कार्यक्रमहरु सञ्चालनमा ल्याइने प्रतिवद्धता बाम गठबन्धनले गरेको छ ।

UML_NUWAKOT_AAJAKONES_MADHAV_PRASAD_TIWARI (4)

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top