२०७८, २८ बैशाख मंगलवार
Bidur Tax Consultancy Service

नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

    कार्तिक ३० २०७४ १४:३२


Trishuli Web Design Services in Nuwakot

बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज बिहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नं ५ डबलीका गाडी धनी तथा चालक मंगलदास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बेलकोटगढी नगरपालिका–५ डबलीबाट वडा नं. ६ बेतपानीतर्फ आइरहेको बा४ख ८१७२ नं. को मिनीट्रक दुर्घटना हुँदा ४० वर्षका श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

आवास निर्माणको सामग्री लिएर बेतपानीतर्फ आउन लागेको गाडी कच्ची सडकको मोहडामा दुर्घटना हुँदा १५० मिटर तल पुगेको थियो । दुर्घटनाको समयमा गाडीमा चालकमात्र रहेका थिए । शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz


Top