sujim bazar advert

साम्यवादको जामा भिरेर लोकतन्त्रको राग अलाप्नुको अर्थ छैन: अर्जुननरसिंह केसी

    कार्तिक २३, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Arjun Narshing KC
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर/नेपाली काङ्ग्रेसका नेता एवम् नुवाकोट प्रतिनिधिसभा २ का उम्मेदवार अर्जुननरसिंह केसीले अब एमाले र माओवादीले साम्यवादको जामा भिरेर लोकतन्त्रको राग अलाप्नुको कुनै अर्थ नरहेको बताउँदै आफ्नो निहित स्वार्थका लागि मुलुकलाई साम्यवादको बन्धक बनाउने कम्युनिस्ट सपना कहिल्यै पूरा नहुने दाबी गरेका छन् ।

निर्वाचन प्रचारप्रसार अभियानका क्रममा मंगलबार किस्पाङ गाउँपालिकास्थित मनकामनाको अर्चले र फिकुरीको कोल्चेतमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा काङ्ग्रेस नेता केसीले काङ्ग्रेसले नेपालका कम्युनिस्टहरूलाई लोकतन्त्रको मूलप्रवाहमा ल्याए पनि लोकतान्त्रिक बनाउन भने नसकेको बताए । लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकलाई समृद्धिको मार्गमा लैजान सबैबीच सहकार्य आवश्यक रहे पनि कुनै अदृश्य चेतनाको प्रभावमा एमाले र माओवादीले सहकार्य त्यागेर साम्यवादको सपना देख्न थालेको केसीको भनाइ थियो ।

त्यसक्रममा नेता केसीले नुवाकोटमा काङ्ग्रेसको नेतृत्वमा भएका विकास प्रयासहरूले यहाँका जनताको समृद्धिको मार्ग पहिल्याइरहेको बताउँदै सुरु भएको विकास अभियानको पूर्णताका लागि पनि काङ्ग्रेसको जित अपरिहार्य रहेको बताए । काङ्ग्रेस लोकतन्त्र संस्थागत गर्दै त्यसमार्फत समृद्ध नेपाल बनाउन मत मागिरहेको, तर कम्युनिस्टहरू साम्यवाद स्थापनाका लागि भौँतारिइरहेको बताउँदै काङ्ग्रेस केन्द्रीय सदस्य केसीले सपना देख्ने छुट सबैलाई भए पनि लोकतन्त्रमाथि हुने प्रहार भने जनतालाई स्वीकार्य नहुने बताए ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवार बहादुरसिं लामाले विकासको नाममा सिन्को नभाँच्ने नुवाकोटका कम्युनिस्टहरू अहिले एजेण्डाविहीन रूपमा निर्वाचनमा उत्रनु लज्जास्पद भएको बताए । विगतमा विनाशलीला मच्चाउनेहरू साम्यवादको नाममा अर्को विनाशको तयारीमा रहेको र कम्युनिस्टहरू कहिल्यै लोकतान्त्रिक हुन सक्दैनन् भन्ने एमालेले प्रमाणित गरेकोसमेत नेता लामाको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सभा २ का उम्मेदवार जगतबहादुर तामाङले नुवाकोटका जनजाति लोकतन्त्रमा विश्वास गर्ने भएका कारण काङ्ग्रेसको जित निश्चित भएको दाबी गर्दै अरू पार्टीले जनजाति उत्थानका नारा दिए पनि जनजातिलाई सम्मान गने पार्टी नेपाली काङ्ग्रेस मात्र भएको निर्वाचनको उमेदवारीले समेत स्पष्ट पारेको बताए । काङ्ग्रेस क्षेत्रीय सभापतिसमेत रहेका लामाले जनजातिको चेतनास्तरसमेत निकै माथि पुगेको सन्दर्भमा अब झुक्याएर राजनीति गर्ने कम्युनिस्टहरूको दिन समाप्त भएको जिकिर गरे । नुवाकोटको २ नं. क्षेत्रमा काङ्ग्रेस नेताहरू अर्जुननरसिंह केसी र बहादुरसिंह लामाले सुरु गरेको विकास अभियानलाई तीव्रता र पूर्णता दिन आफू निरन्तर क्रियाशील रहने तमाङको भनाइ थियो ।

कार्यक्रमहरूमा किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा, काङ्ग्रेस नेता देवनाथ भट्टलगायतले जनतामा लोकतन्त्रको अमिट छाप परिसकेको बताउँदै कसैको क्षणिक प्रलापले त्यो छाप मेट्न नसक्ने दाबी गरे ।

यसअघि काङ्गे्रस केन्द्रीय सदस्य केसीले एकीकृत माओवादीका किस्पाङ गाउँ सदस्य टोपप्रसाद ढकालसहित १० जनालाई पार्टीमा स्वागत गरेका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top