sujim bazar advert

बाह्रबिसेमा एम्बुलेन्स दुर्घटना, एकको मृत्‍यु दुई सम्पर्क बिहिन

    कार्तिक २१, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोटमा एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्‍यु भएको छ ।

दुर्घटनामा तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा गएराति भएको हो । मृत्‍यु हुनेमा मकवानपुर मनहरीका सन्दीप भारती छन ।

कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार, काठमाडौँबाट सञ्चालनमा रहेको बा १६ च ८९७ नंं को एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय भारतीको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा समुन्द्रटारबाट तीनजना चढेर काठमाडौँ जान लागेको भए पनि दुर्घटनापछि बाँकी दुईजना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स सडकबाट करिब ५० मिटर तल पुगेको जिप्रका नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top