sujim advert

बाह्रबिसेमा एम्बुलेन्स दुर्घटना, एकको मृत्‍यु दुई सम्पर्क बिहिन

    ८ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

नुवाकोटमा एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्‍यु भएको छ ।

दुर्घटनामा तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा गएराति भएको हो । मृत्‍यु हुनेमा मकवानपुर मनहरीका सन्दीप भारती छन ।

कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार, काठमाडौँबाट सञ्चालनमा रहेको बा १६ च ८९७ नंं को एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय भारतीको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा समुन्द्रटारबाट तीनजना चढेर काठमाडौँ जान लागेको भए पनि दुर्घटनापछि बाँकी दुईजना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स सडकबाट करिब ५० मिटर तल पुगेको जिप्रका नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top